News

संघीय संसद्को क्यान्टिनमा पनि विभेद !

संघीय संसद्को क्यान्टिनमा पनि विभेद !

काठमाडौं । संघीय संसद् भवन नयाँ बानेश्वरमा सांसद र सर्वसाधारणलाई बेग्लै क्यान्टिनको नयाँ व्यवस्था गर्न लागिएको छ । आगामी बुधबारबाट चल्ने संसद् बैठकपछि सांसद र अन्यले अलग–अलग ठाउँमा बसेर चियाखाजा खानुपर्ने व्यवस्था गर्न लागिएको हो ।

 

संघीय संसद् सचिवालयका आन्तरिक सेवा तथा योजना शाखाका उपसचिव डिल्लीराम रिज्यालका अनुसार क्यान्टिनलाई व्यवस्थित गर्न छुट्टाछुट्टै कक्षको व्यवस्था गरिएको हो । ‘सांसदहरूले पटकपटक गुनासो गरेपछि नयाँ व्यवस्था गरिएको हो’, रिज्यालले भने, ‘क्यान्टिनलाई २ भागमा विभाजन गरिएको छ, पूर्वपट्टि सांसदहरूका लागि छुट्याइएको छ भने पश्चिमपट्टि अन्यलाई व्यवस्था गरिएको हो ।’

 

रिज्यालले खुला रहेको क्यान्टिनलाई हावाहुरी र पानी आउँदा पनि सुरक्षित हुने गरी क्यान्टिनलाई व्यवस्थित गरिएको बताए । आन्तरिक सेवा तथा योजना शाखाले गरेका यी कामबाहेक अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र विकास समितिले टायल बिछ्याउने र मिलाउने काम गरेको छ। सम्मेलन केन्द्र शहरी विकास मन्त्रालयअन्तर्गत रहेको छ। यो खबर आजको नेपाल समाचारपत्रबाट लिइएको हो ।
 

संघीय संसद्

विशेष