News

गाईभैँसीलाई सुत्केरी भत्ता

गाईभैँसीलाई सुत्केरी भत्ता

चितवन । जिल्लाको रत्ननगर नगरपालिकाले गाईभैँसीलाई बिहीबार सुत्केरी भत्ता दिएको छ ।

 

गत साउन र भदौमा ब्याएका ७५ वटा गाईभैँसीलाई बिहीबार सुत्केरी भत्ता दिएको छ । पशुपालक किसानलाई सुत्केरी भत्तास्वरूप पाँच सय रुपैयाँ दिइएको नगरपालिकाले जनाएको छ ।

 

चालू आर्थिक वर्षमा दुई हजार सुत्केरी गाईभैँसीलाई भत्ता वितरण गर्ने योजना रहेको नगरपालिकाले जनाएको छ ।

 

सुत्केरी पशुलाई पौष्टिक आहार खुवाउन रत्ननगर नगरपालिकाले २० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । 

 

किसानलाई पशुपालनमा प्रोत्साहन र पशुहरूको सम्मानका लागि भत्ता वितरण गरिएको मेयर नारायण वनको भनाइ छ ।

 

रत्ननगर–१ भक्तिनीमा रहेको अमृतधारा दूग्ध उत्पादक सहकारी संस्थामा आयोजित कार्यक्रममा वडा नं ८, ४, ७, ६ र १ का ४१ र झुवानीका ३२ जना किसानले पालेका ३४ वटा सुत्केरी पशुलाई भत्ता दिइएको पशुपंक्षी शाखा प्रमुख शालिग्राम पौडेलले जानकारी दिए ।

 

नगरवासीको दुर्घटना बिमा
माडी नगरपालिकाले नगरबासीका लागि पाँच लाखको निःशुल्क दुर्घटना बिमा गर्ने भएको छ । जंगली जनावरको आक्रमण, बाढीलगायतका घटनाले बर्सेनि जनधनको क्षति बढ्न थालेपछि नगरपालिकाले बिमा कार्यक्रम अघि सारेको हो । शिखर इन्सुरेन्ससँग नगरपालिकाले दुर्घटना बिमा सम्झौता गर्न लागेको छ ।

 

बिमा सम्झौताको कार्यविधि तयार भएको मेयर ठाकुरप्रसाद ढकालले बताए । बिमापश्चात विभिन्न दुर्घटनामा मृत्यु भएका नगरबासीले बिमा रकम पाउनेछन् । यो समाचार नयाँ पत्रिका दैनिकबाट लिइएको हो । 

सुत्केरी भत्ता

विशेष