News विदेश

चीनलाई अमेरिकाको सरकारी एजेन्सीमाथि ह्याकिङ गरेको आरोप

चीनलाई अमेरिकाको सरकारी एजेन्सीमाथि  ह्याकिङ गरेको आरोप

काठमाडौं । अमेरिकाले आफ्नो कयौं सरकारी एजेन्सीमाथि चीनले ह्याक गर्ने कोशिस  गरेको अरोप लगाएको छ ।

 

सोहि विषयमा अमेरिकी न्याय विभागले चीनको दुई नागरिकलाई इशारा गर्दै भन्यो, “यी पश्चिमी देशको सरकारी एजेन्सी ह्याक गरिरहेका थिए ।”यी दुई चिनियाँ  नागरिकका नाम ‘झ हुआ’ र ‘झैंग शिलोंग’ भएको बताइएको छ ।  यी ‘एडवांस परसिसटेंट थ्रेट १०’ समूहको सदस्य थिए । यो समूह चीनको खूफिया एजेन्सी सँग जोडिएको छ ।

 

अमेरिकाको साथै ब्रिटेनले पनि चीनमाथि ह्याकिङकै आरोप लगाएको छ । चीनले दुई देश बीच बनेको आर्थिक जासूसी सम्झौताको उल्लंघन गरेको ब्रिटेनले बताएको छ ।

 

अमेरिकी  एफबीआईका निर्देशक क्रिस्टोफर रेले यस सम्बन्धमा एक प्रेस वार्तामा भने, “हाम्रो अनूसन्धान मार्फत पत्ता लागेको उक्त विषय ठूलो गम्भीरको विषय हो । जसले राष्ट्रिय सुरक्षामा नोक्सान पुर्‍याउन  सक्छ । यसले हाम्रो देशको अर्थतन्त्रको नोक्सान पुर्‍याउने कोशिस गरेको छ । चीन अमेरिकालाई हटाएर दूनियाँको शीर्ष स्थानमा आफैं स्थापित हुन चाहन्छ ।”

 

यी ह्याकरले अमेरिकी नौं सेनाका कम्प्युटर समेत ह्याक गरेर एक लाख भन्दा धरै कर्मचारीको निजी डाटा चोरी गरेको एफबीआईले बताएको छ ।

 

चीनले सन् २०१५ मा  भएको सम्झौताको उल्लंघन गरेको छ । जसमा दुवै देशले आर्थिक साइबर जासूसी नगर्ने सम्झौता गरेको अमेरिकी ‘डिप्टी एटर्नी जनरल रोड रोसनटीनले’ बताएको छ ।

 

बिबिसिका अनुसार ब्रिटेनले अब आफ्नो सहयोगी देशसँग मिलेर चीनमाथि दवाव सिर्जना गर्ने, जसले गर्दा चीनको यस्तो साइबर जासूसी बन्द हुने बताएको छ ।

 

अमेरिका र ब्रिटेनको अतिरिक्त अस्ट्रेलिया, क्यानाडा, जापान, नेदरल्यान्ड, न्यूजील्याण्ड र स्वीडेनले पनि चीनमाथि यस्तै आरोप लगाई सकेका छन् । तर, अमेरिका  र ब्रिटेनले ह्याक भएका कम्पनीको नाम भने  अहिलेसम्म सार्वजनिक गरेका छैनन् । 

विशेष