News कला साहित्य

‘जहाँ शब्दहरू जीवन्त हुन्छन्’ भन्ने मूल नाराका साथ सुरु भयो नेपाल लिट्रेचर फेस्टिभल

‘जहाँ शब्दहरू जीवन्त   हुन्छन्’ भन्ने मूल नाराका साथ सुरु भयो नेपाल लिट्रेचर फेस्टिभल

कास्की । ‘जहाँ शब्दहरू जीवन्त बन्छन्’ भन्ने मूल नाराका साथ आइएमई नेपाल लिट्रेचर फेस्टिभल २०१८ मा पोखरामा सुरु भएको छ। लिट्रेचर फेस्टिभलको यो सातौं संस्करण हो ।  

 कार्यक्रमको उद्गघाटन भने पोखराको शिक्षाको क्षेत्रमा लामो समयदेखि  योगदान पुर्‍याएका जर्ज जोन र डा. एलियाना जोनले गरेका छन्।


उद्गघाटनपश्चात पर्यटन तथा संस्कृतिमन्त्री रविन्द्र अधिकारीले कार्यक्रमबारे छोटो मन्तव्य राखेका थिए। नेपालको साहित्यमा यस्ता महोत्सवले विशेष भूमिका राख्ने बताँउदै उनले  नेपाली साहित्यमा पोखराको योगदान अतुलनीय रहेको बताए । 

कार्यक्रममा सहभागी हुनपाँउदा खुशी लागेको भन्दै मन्त्री अधिकारीले सन् २०२० लाई सरकारले पर्यटन वर्ष मनाउन लागिरहँदा यस्ता कार्यक्रमले थप टेवा पुर्‍याउने बताए ।


सात्यिले समाजको चित्रण गर्छ , दशेको पर्यटकीय र सांस्कृतमा क्षेत्रमा समेत सहयोग पुर्योउछु ।  नेपाली लेखकले लेखेका विभिन्न कृतिले  नेपालको पहिचान  विश्वसामु  पुगेको कुरा पनि हामीले भुल्न नहुने मन्त्री अधिकारीले भने ।  


 यस्तै, कार्यक्रममा प्रमुख अतिथि जर्ज जोनले आफूलाई यस्ता विशेष कार्यक्रममा अतिथिको रूपमा आउन पाउँदा खुसी लागेको सानो मन्तव्य राखेका थिए। साहित्य महोत्सवले समाजलाई एकताबद्ध गर्ने पनि उनले धारणा व्यक्त गरे। 

पहिलो उद्घाटन सत्रमा साहित्यकार सरुभक्तले जर्ज जोनबारे जानकारी दिएका थिए। ‘८७ वर्ष अघि भारतको केरलाबाट नेपाल आएका जोन पोखराको शिक्षाको विकासका एक धरोहर मानिन्छन्ु उनले भने। 

यस्तै सम्पादक हरिबहादुर थापाले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको बारेमा पनि परिचय दिएका थिए। नेपालको न्यायमा हुने विभिन्न कठिनाइका बाबजुद पनि पूर्वप्रधानन्यायाधीश  कार्कीको कामले सिंगो नेपालले गौरव महसुस गर्नुपर्ने उनले बताए। कार्कीले न्यायालय जस्तो गरिमामय ठाउँमा हुने ढिलासुस्तीलाई हटाउनको  लागि गरेको योगदान अतुलनीय रहेको बताए।

 

कार्यक्रमलाई कार्कीले सम्बोधन गरेकी छिन् । सम्बोधनको क्रममा उनले साहित्यिक समारोहलाई सम्वोधन गर्दै साहित्य चेतका बारेमा बताइन् । पूर्वप्रधानन्यायाधीश कार्कीले साहित्य चेत र सौन्दर्यको व्याख्या गर्दै भनिन्,  ‘कला र साहित्यचेत नभएको मानिस पशुसरह हुन्छ ।’


महोत्सवको पहिलो दिन बलिउड अभिनेत्री मनिषा कोइरालाको आत्मकथा ‘हिल्ड’ सार्वजनिक गरिँदैछ । मनिषाले क्यान्सरसँग जुध्दा गरेको अनुभव समेटिएको आत्मकथा सार्वजनिक कार्यक्रमसँगै पुस्तकमाथि छलफल कार्यक्रम पनि रहेको छ । जसलाई संयोजन गर्नेछन् नेपाली चलचित्रका महानायक राजेश हमालले ।

विशेष