News

ट्याक्टर दुर्घटनामा दुईजनाको मृत्यु

ट्याक्टर दुर्घटनामा दुईजनाको मृत्यु

दमौली । तनहुँको घिरिङ गाउँपालिका–३ सिलिङमा शनिबार राति ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । 

 

मृत्यु हुनेमा ट्याक्टर चालक भीमाद नगरपालिका–१ बस्ने २६ वर्षीय इन्द्रबहादुर नेपाली र घिरिङ गाउँपालिका–३ बस्ने ३६ वर्षीय शुकबहादुर विक रहेका छन् । उनीहरुको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । 

 

सिलिङ भन्ने ठाउँबाट घिरिङ बजारमा पराल लिएर आउँदै गरेको ना६त ६८६० नंको ट्याक्टर सडकबाट १०० मिटर तल खस्दा दुर्घटना भएको प्रहरीले जनाएको छ । 

ट्याक्टर दुर्घटना तनहुँ

विशेष