विदेश

चीनमा मृत्युदण्डको सजाय घट्दो अवस्थामा

चीनमा मृत्युदण्डको सजाय घट्दो अवस्थामा

बेइजिङ । चीनमा मृत्युदण्डको सजाय हुने क्रम ‘घट्दो अवस्थामा’ रहेको छ । संख्या घटे पनि यो प्रावधान हट्न भने अझै टाढाको बिषय रहेको छ ।

 

मृत्युदण्डको प्राबधानप्रति चिनियाँहरूको अझै धेरै समर्थन रहेकोकाले हट्न भने अझैं समय लाग्ने चीनको सर्वोच्च अदालतका एक न्यायाधीशले बताए । 

 

मानव अधिकारवादी समूहहरूका अनुसार बेइजिङले अन्य प्रजातान्त्रिक मुलुकको तुलनामा हरेक बर्ष मृत्युदण्ड दिने क्रम बढी रहको भएपनि कति सङ्ख्यामा मृत्युदण्ड दिइन्छ भन्ने राज्यले गोप्य राख्ने गरेको छ । 

 

यद्यपि चीनको कानूनी प्रणालीले मृत्युदण्डसम्बन्धी विधिलाई पछिल्ला बर्षहरूमा कडा पारेको छ ।

 

“मृत्युदण्डलाई हटाउने अवस्था भने अझै आइसकेको छैन,” ‘सुप्रिम पिपुल्स कोर्ट’ का न्यायाधीश लि सिआओले बताए । 

 

“हाम्रो इतिहास, हाम्रो संस्कृति साथसाथै हाम्रो वर्तमान सुरक्षा आवश्यकताले हामीलाई मृत्युदण्डको प्रावधानलाई राख्न बाध्य बनाएको छ तर हामी यसलाई नियन्त्रण गर्ने बिषयमा सचेत छौँ,” विदेशी सञ्चारमाध्यमसँगको विरल सामुहिक अन्तर्वार्तामा बिहीबार बताए । 

 

 

सन् २००७ मा उक्त अदालतले मृत्युदण्ड स्वीकार गर्ने वा अस्वीकार गर्ने शक्ति पुनः आर्जन गरेको थियो । उक्त अधिकार सन् २००७ पहिले प्रान्तीय अदालतमा निहित रहेको थियो । 

 

यसको तीन बर्षपछि चीनले नयाँ प्रावधान ल्यायो जसले मृत्युदण्डका लागि सबूत देखाउनुपर्ने बनायो र सन् २०१५ मा मृत्युदण्डलाई ५५ बाट ४६ मा झारियो । 


 

मानव हत्या, वलात्कार, लागू औषध कारोबार र पृथकतावाद सबैलाई चीनमा गम्भीर अपराधका रूपमा लिने गरिन्छ । 

 

चीनमा मृत्युदण्ड गोली हानी दिने गरिन्थ्यो तर पछिल्लो समय प्राणघातक रसायनको सूईमार्फत् दिने गरिएकाे अधिकारीहरूले बताएका छन् । 

 

मृत्युदण्डकाे यो स्वरूपलाई तुलनात्मक रूपमा धेरै मानवीय वा अपराधीको शरीरमा कम ध्वंसात्मक प्रभाव पर्ने मानिने गरिन्छ ।  एजेन्सी

चीन मृत्युदण्ड

विशेष