इपीएलको उपाधिका लागि भैरहवा र ललितपुर भिड्दै

इपीएलको उपाधिका लागि भैरहवा र ललितपुर भिड्दै

काठमाडौं । शनिबार एभरेष्ट प्रिमियर लिग (इपीएल) क्रिकेटको फाइनल खेल हुँदैछ ।

 

उपाधिका लागि भैरहवा ग्लाडियटर्स र ललिपुर प्याट्रियट्स भिड्दै छन् । यी दुवै टोलीबीचको खेल १२ः४५ बजे सुरु हुँदैछ । 

 

भैरहवा क्वालिफायर दुईमा काठमाडौं किंग्स ११ लाई ६ विकेटले हराउँदै फाइनलमा पुगेको हो । यस्तै ललितपुरले क्वालिफायर एकमा काठमाडौँ ११ लाई नै एक विकेटले हराएको थियो ।

 

भैरहवा शरद भेषावकर तथा ललिपुर ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको छ । 

एभरेष्ट प्रिमियर लिग

संम्बधित खबर

विशेष