ट्रस्टमा आएको घरजग्गा पुनः पाउनु पर्ने माग गर्दै पूर्वराजाकी छोरी प्रेरण सर्वोच्चमा

काठमाडौं । नेपाल ट्रस्टको कार्यालयअन्तर्गत आएको घरजग्गा पुनः पाउनुपर्ने माग गर्दै पूर्वराजा ज्ञानेन्द्र शाहकी छोरी प्रेरणा शाहले सर्वोच्च अदालतमा निवेदन दर्ता गराएकी छन् । उनले गोकुलबहादुर रोकायलाई वारेस राख्दै सर्वोच्च अदालतमा निवेदन दर्ता गराएकी छन् ।
यसअघि सर्वोच्च अदालतले तत्कालीन राजा वीरेन्द्र शाहको नाममा रहेको घरजग्गा नेपाल ट्रस्टको हुने पुर्ण इजलासले फैसला गरेको थियो । फैसला कार्यान्वयन गर्नका लागि ट्रस्टले पत्रचार गरेको थियो । दुई सताअघि मात्रै प्रेरणा शाहका सहयोगीले घरजग्गा खाली गरिदनेबारेमा पत्र बुझेको नेपाल ट्रस्टको कार्यालयले बताएको छ । यो खबर आजको नेपाल समाचारपत्रबाट लिइएको हो ।
प्रेरणा शाह