भारतमा झुन्डिएर आत्महत्या गरेकी महिलाबाट जन्मियो जीवित बच्चा
एजेन्सी । भारतको मध्यप्रदेशकोव कटनी जिल्लामा एउटी गर्भवती महिलाले फाँसी लगाएपछि बच्चाको जन्म दिएको समाचारमा जनाइएको छ । समाचारमा जनाइअनुसार महिलाको मृत्युपछि जन्मिएको बच्चाको अवस्था अहिले राम्रो रहेको छ ।
बिहीबार कोतवालीको खिरहनी प्रहरी चौकी क्षेत्रमा लक्ष्मी सिंह नाम गरेकी गर्भवतीले रहस्यमय तरिकाले फाँसी लगाएर पाँसीमा छुन्डिएरै उनले नवजात शिशुलाई जन्म दिएकी थिइन् । उक्त घटनालगत्तै परिवारले प्रहरी अस्पतालाई सम्पर्क गरेका थिए । मृत महिलाबाट जन्मिएको बच्चालाई जन्मेलगत्तै जिल्ला अस्पताल लगिएको र त्यहाँका डाक्टरहरूले बच्चालाई गम्भीर अवस्थामा पाएको बताइएको छ । डाक्टरहरूले बच्चालाई तुरुन्तै एनआइसीयूमा भर्ना गरेर त्यसपछि क्रमशः बच्चाको अवस्थामा सुधार आएको बिबिसी हिन्दीले उल्लेख गरेको छ ।
'एक जना महिलाले फाँसी लगाएकी छन् र उनको बच्चा अड्की छ भन्ने हामीहरूलाई सूचना आयो । हामीहरू त्यहाँ पुग्दासम्म महिला गर्भवती भइसकेकी थिइन् र बच्चा प्लेसेन्टामा अड्किएको थियो', आपत्कालीन एम्बुलेन्स सेवासँग जोडिएका डा. माखनलाल सेनले भने, 'हामीहरूले तुरुन्तै बच्चालाई आमाबाट अलग गरौँ । बच्चा त्यस बेला ठीक अवस्थामा थिएन । हामीहरूले उसलाई तुरुन्तै आइसीयूमा भर्ना गर्यौँ अहिले बच्चाको अवस्था एकदमै राम्रो छ ।'
भारत