News

चोरीका सामानसहित ४ जना पक्राउ

चोरीका सामानसहित ४ जना पक्राउ

गौशाला ।  महोत्तरी प्रहरीले शुक्रबार चोरीका सामानसहित चार जनालाई पक्राउ गरेको छ ।

 

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक ईश्वर कार्कीका अनुसार गौशाला नगरपालिका–१ स्थित दिनेश मोबाइल रिपेरिङ सेन्टरमा चोरी गरेको आरोपमा स्थानीयवासी रामवीर महतोका छोरा २० वर्षीय दिलीप महतोलाई पक्राउ गरिएको हो ।

 

पक्राऊ परेका महतोको साथबाट प्रहरीले चोरीका एसर कम्पनीका एक ल्यापटप र त्यसको चार्जर, विभिन्न कम्पनीको पुराना मोबाइल, मोबाइलकै हापकभर, फ्लिप कभर, टेम्पर ग्लास, डाटा केबल, इयरफोन, फोग लाइट र टेस्टर बरामद गरेको थियो ।

 

त्यस्तै भन्सार छली भारतबाट विभिन्न सामान बोकी आएका औरही नगरपालिका–४ का सञ्जीव यादव, हरिदेव राय र शत्रुधन रायलाई सम्सी गाउँपालिका–१ स्थित पर्सा बजारबाट सामानसहित पक्राउ गरिएको प्रहरी उपरीक्षक कार्कीले बताए ।

 

ज४प ७६३९, ज४प ९१६२ र ज५प २७४० नं का मोटरसाइकलमा आएका उनीहरुका साथबाट प्रहरीले प्रतिबन्धित दोफुल खानेतेल ४० बोतल, फौज ब्राण्डका बारा १५० किलो, चिनी ४०० किलो, पार्लेजी बिस्कुट पाँच कार्टुन बरामद गरेको जानकारी दिए ।

 

विभिन्न चोरी, चोरी पैठारीका सामानसहित पक्राउ परेका चारै जनालाई हिरासतमा राखी अनुसन्धान अगाडि बढाएको जनाइएको छ ।

पक्राउ चोरी

विशेष