भारतमा हनुमानको जातलाई लिएर विवाद

एजेन्सी । भारतमा रामभक्त हनुमानको जातलाई लिएर विवाद उठिरहेको छ । उत्तर प्रदेशमा भाजपाका नेता एमएलसी बुल्लक नवाबले हनुमानलाई मुसलमान बताएपछि विवाद सुरु भएको हो ।
बुल्लकले रहमान, रमजान, फरमान, जीशान र कुर्बान नामको उल्लेख गर्दै इस्लाममा कयौं नाम हनुमानसँग मिलेको बताएका पछि सुरु भएको विवादले उग्र रूप लिँदै गएको हो । उक्त अभिव्यक्तिलाई लिएर कयौँ प्रतिक्रिया आइरहेका छन् ।
समाजवादी पार्टीले ब्यंग गर्दै मुख्यमन्त्रीले हनुमानलाई दलित बताएको, एक मन्त्रीले जात र अब बुल्लकले मुसलमान बताइरहेको, सरकार मै एकजुटता नभएको उल्लेख गरेको छ । मुस्लिम संगठनले भने विनाप्रमाण बुल्लकले त्यसरी बोल्न नहुने बताएको छ।
हनुमान