News खेल

एपीएफसँग पराजित आर्मी उपाधिहोडबाट बाहिरियो 

एपीएफसँग पराजित आर्मी उपाधिहोडबाट बाहिरियो 

काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग अन्र्तगत आइतबार भएको खेलमा विभागीय टिम सशस्त्र प्रहरी (एपीएफ) ले अर्को विभाागीय टिम नेपाल आर्मीलाई पराजित गरेको छ । हारसँगै आर्मीको उपाधि जित्ने सम्भावना करिब समाप्त भएको छ । 

 

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेलमैदानमा आइतबार भएको खेलमा एपीएफले आर्मीलाई २–१ गोल अन्तरले हराएको छ ।

पहिलो हाफमा दुवै पक्षबाट कुनै गोल हुन नसकेको खेलमा दोस्रो हाफमा भने एपीएफले दुई गोल गर्न सफल भयो । खेलको ५६ औं मिनेटमा एपीएफका लागि आशिष लामाले खेलमा सुरुवाती गोल गरे । 

खेलको ८५ औं मिनेटमा आशिषले अर्को गोल गर्दै एपीएफको अग्रता दोब्बर पारे ।

तर खेलको ८६औं मिनेटमा नवयुग श्रेष्ठले गोल गर्दै आर्मीलाई २–१ गोलको स्थितिमा पु¥याएका थिए । तर त्यसपछि आर्मीले कुनै गोल गर्न सकने र खेल हार्न पुग्यो । 


१० औं राउण्डको खेल सकिदासम्म आर्मीको १८ अंक मात्रै रहेको छ । लिग लिडर मनाङको भने ९ खेलबाट २७ अंक रहेको छ।

एक खेल कम खेलेको मनाङ आर्मी भन्दा ९ अंकले अघि रहेको छ । लिगको अंक तालिकामा आर्मीभन्दा अघि मनाङ, थ्रीस्टार र संकटा क्लब छन् । १० खेल खेलेका थ्रीस्टारको २५ र संकटाको २३ अंक छ । यो साँगै आर्मीले लिग जित्ने गणीतीय सम्भावनामात्र बाँकी छ । अब उसले तीनवटा खेल खेल्न बाँकी छ ।

विशेष