प्रचण्डलाई फेसबुकमा गाली गर्दा कांग्रेस कार्यकर्ता पक्राउ
चितवन । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई फेसवुकमा गाली गरेको आरोपमा चितवनमा एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा कांग्रेसका महासमिति सदस्य तथा चितवनका वरिष्ठ होटल व्यवसायी सुबोध प्रधान रहेका जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ।
प्रचण्डबारे फेसबुकमा नराम्रो स्टाटस पोष्ट गर्दा प्रधान पक्राउ परेका हुन । प्रचण्डको मानमर्दन हुने गरी स्टाटस लेखेको उजुरीका आधारमा प्रधानलाई पक्राउ प्रहरी कार्यालय चितवनले जनाएको छ ।
चितवनका प्रहरी प्रमुख एसपी सुशीलसिंह राठौरका अनुसार आरोपबारे व्यवसायी सोधपुछ भइरहेको छ । प्रचण्डबारेमा लेखिएको नराम्रो फेसबुक पोस्ट आफुहरुले पनि हेरेको जनाउँदै राठौरको यसबारे अनुन्धान भइरहेको जानकारी दिए ।
प्रहरीले उजुरी गर्नेको परिचय खुलाएको छैन ।पक्राउ परेका प्रधान होटल सेन्ट्रल पाम र साराङ वाइल्डलाइफ रिसोर्टका मालिक तथा कांग्रेसको भातृसंगठन तरुण दलका पूर्वकेन्द्रीय सदस्यसमेत भइसकेका छन् ।