News राजनीति

अमेरिकी नीतिमा नेपालको प्रवेश रहर कि बाध्यता ?

अमेरिकी नीतिमा नेपालको प्रवेश रहर कि बाध्यता ?

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले अमेरिकी समकक्षी माइक पोम्पेओसँग यसैसाता भेटवार्ता गरे । त्यसपछि नेपाली राजनीतिक/कूटनीतिक वृत्तमा एउटा बहस आरम्भ भएको छ । अमेरिकी नीतिमा नेपालको प्रवेश रहर कि बाध्यता ? यो प्रश्न सतहमा आएको छ । 

 

अमेरिकी विदेश मन्त्रालयको टिटअनुसार उक्त मुलुकको नेपाललाई ‘इन्डो–प्यासिफिक’ रणनीतिअन्तर्गत राखेको बुझिन्छ । ज्ञवाली र पोम्पेओको भेटमा ‘स्वतन्त्र, खुला, र समृद्ध इन्डो–प्यासिफिक क्षेत्रमा नेपालको केन्द्रीय भूमिका , उत्तर कोरियासहितका विश्वव्यापी मुद्दालगायतबारे छलफल गरेको’ अमेरिकी विदेश मन्त्रालयले जानकारी दिएको छ ।

 

नेपालले अमेरिकाजस्तो शक्तिराष्ट्रसँग सम्बन्ध विस्तार गर्नु राम्रो हो । तर त्यसअघि बृहत् तयारीको आवश्यकता रहेको कूटनीतिक क्षेत्रका विज्ञहरुले बताएका छन् । अन्तर्राष्ट्रिय रणनीतिक स्वार्थ गाँसिएको गठबन्धनमा नेपाललाई अमेरिकाले सामेल गर्न गराउन खोज्नु उसको सफल कूटनीतिको एउटा पाटो हो । यो खबर आजको अन्नपूर्णपोष्टबाट लिइएको हो ।

अमेरिकी नीति

विशेष