विदेश

यस्तो पनि... मृग तस्करलाई एक वर्ष कार्टुन हेर्ने साजय

यस्तो पनि... मृग तस्करलाई एक वर्ष कार्टुन हेर्ने साजय

एजेन्सी । आमेरिकाको मिजौरी राज्यका डेभिड बेरी नामक मृग तस्करले जेलमा एक वर्षसम्म कार्टुन हर्नेुपर्ने सजाय पाएका छन् । सयौँ मृग मारेकै कारण मिजौरीको अदालतले बेरीलाई महिना एकपटक बाम्बी नामक डिज्नेको कार्टुन हेर्नेपर्ने सजाय पाएका हुन् ।

 

सन् १९४२ मा बनेको यो कार्टुनमा सिकारीका कारण आमा मारिएपछि एक्लै हर्कन बाध्य मृगको कथा छ । अदालतका अनुसार उनी त्यो राज्यकै खुंखार मृग तस्कर हुन् । बेरीले मृग मारेर टाउकाको तस्करी गर्ने र शरीर त्यतिकै छोडिदिने गरेको अदालतले जनाएको छ ।

 

मृग मारेको अभियोगमा बेरी जेल परेसँगै तस्करीमा सघाएका उनका बुबा, दुई र एक सहयोगीलाई समेत सिकारका लागि प्रतिबन्ध लगाइएको विदेशी सञ्चार माध्यमले उल्लेख गरेका छन् । ५१ हजार डलर तिरे पनि बेरीलाई न्यायाधीशहरूले वन्यजन्तु तस्करी गरेकामा सजाय थपेका हुन् । मिजौरीको वन्यजन्तु संरक्षण विभागका अनुसार बेरीसहित १४ जनालाई ११ राज्यमा २ सय ३० वटा मृग मारेको अभियोग लागेको छ ।

जेल सजाय

विशेष