राजनीति News

महाभूल नगर्न अध्यक्ष ओलीलाई नेता नेपालको चेतावनी

महाभूल नगर्न अध्यक्ष  ओलीलाई नेता नेपालको चेतावनी

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीमा एक पक्षले पेलेर अगाडि नबढ्न अध्यक्ष केपी शर्मा ओलीलाई चेतावनी दिएका छन् । उनले पार्टीमा एउटा पक्षलाई सिध्याउने गरी अगाडि बढे महाभूल हुने चेतावनी दिएका हुन्।

 

जारी स्थायी कमिटीको बैठकमा आफ्नो धारणा राख्दै नेपालले पार्टीभित्र नेतालाई पूजा गर्ने प्रवृत्ति देखिएको भन्दै असन्तुष्टि जनाए। नेपालको भनाइ उद्धृत गर्दै एक नेताले भने– ‘नेता पनि मान्छे नै हुन्, मान्छेबाट गल्ती, कमीकमजोरी हुन्छ, आत्मप्रशंसा र आत्मनिन्दा दुवै गलत हुन् ।’

 

उनले सचिवालय र विधानबारे देखिएको अस्पष्टता हटाउनुपर्ने, व्यक्तिलाई हेरेर नभई मापदण्डका आधारमा जिम्मेवारी दिनुपर्ने माग राखे । सरकारको कामभन्दा कुरा धेरै भएको आरोप लगाउँदै प्रधानमन्त्रीको काम अनुगमन र निर्देशन दिने भएको भन्दै सबै कामलाई प्रधानमन्त्री कार्यालयमा केन्द्रित गर्न नहुने धारणा राखेका थिए । शनिबार पार्टी कार्यालय धुम्बाराहीमा बसेको बैठकमा नेपालसँगै झलनाथ खनाल, महासचिव विष्णु पौडेल, रामबहादुर थापा बादल र गिरिराजमणि पोखरेलले आ–आफ्नो धारणा राखेका थिए । यो खबर आजको समाचारपत्र दैनिकबाट लिइएको हो ।

माधवकुमार नेपाल

विशेष