११ महिनामा साढे १४ सय दुव्र्यसनी पक्राउ

न्होम पेन्ह कम्बोडिया । कम्बोडियामा लागूऔषध दुव्र्यसनीको आरोपमा यो वर्ष १४ हजार ४८८ जना पक्राउ गरिएको छ ।
गत ११ महिनाको अवधिमा सात हजार २२९ वटा घटनामा उनीहरुलाई पक्राउ गरिएको अधिकारीले जानकारी दिएका छन् ।
आन्तरिक मामिला मन्त्रालयको लागूऔषध विरुद्धको विभागले शनिबार दिएको जानकारीअनुसार पक्राउ परेकामध्ये आठ हजार २२२ जना लागूऔषध ओसारपसार गरेको आरोपमा पक्राउ परेका हुन् ।
त्यसैगरी पक्राउ पर्नेमा विदेशी पनि रहेका छन् । पछिल्लो विवरणअनुसार विदेशीमा १८ देशका २४२ जना रहेका छन् । एजेन्सी
कम्बोडिया लागूऔषध दुव्र्यसनी