News अर्थ

नेपालको बिजुली व्यापारमा भारतीय अवरोध हट्यो, नेपालले तेस्रो मुलुकमा बिजुली बेच्न पाउने

नेपालको बिजुली व्यापारमा भारतीय अवरोध हट्यो, नेपालले तेस्रो मुलुकमा बिजुली बेच्न पाउने

काठमाडौं । नेपालले भारतलाई बिजुली बेच्न पाउने भएको छ ।  भारतले क्रस बोर्डर विद्युत व्यापार निर्देशिका परिवर्तन गरेसँगै नेपालले उत्पादन गरेको बिजुली भारत सहित अन्य देशमा निर्यातको लागि बाटो खुलुको हो । 

 

भारतले यसअघि आफ्ना लगानीमा बनेका आयोजनाका मात्रै बिजुली मात्रै किन्ने गरी निर्देशिका ल्याएको थियो । जसले गर्दा नेपालमा उत्पादित बिजुली भारत निर्यात हुन सक्ने थिएन भने नेपालले भने भारतबाट बिजुली आयत गर्न सक्थ्यो । 

 
 यस्तै भारतको यसअघिको निर्देशिका अनुसार कुनै निजी कम्पनीले बनाएका आयोजनामा पनि ५१ प्रतिशत भारतीय कम्पनीकै लगानी भएको हुनुपर्ने शर्त थियो । 

तर भारतले १८ डिसेम्बरमा संशोधन गरेको निर्देशिकामा भारतीय स्वामित्व नै हुनुपर्ने बुँदा हटाइएको छ । तर भारतीय कुनै पनि कम्पनीले बिजुली किन्दा भारत सरकारको अनुमति लिनुपर्ने व्यवस्था गरिएको छ । 


नयाँ निर्देशिका अनुसार सरकारी स्तरमा समझदारी गरेर छिमेकी मुलुकहरुले भारतको ट्रान्समिसन लाइन प्रयोग गरेर विद्युत ब्यापार गर्न सक्ने व्यवस्था पनि छ ।


यसअघि भारतको निर्देशिकाले नेपाल सरकार र भारतीय लगानीकर्ता बाहेकबाट उत्पादित बिजुली भारतको बाटो भएर अन्य मुलुकमा नेपालको बिजुली जान पनि रोकिएको थियो । नेपाल सरकारले यो निर्देशिशका सच्याउन पटक-पटक आग्रह गरिरहेको थियो ।

भारतीय निर्देशिकाकै कारण नेपालले यसअघि बंगलादेशसँग गरेको विद्युत व्यापार सम्झौता कार्यान्वयनमा शंका उत्पन्न भएको थियो । अब भारतले निर्देशिका फेरेसँगै नेपालले भारत मात्र होइन, भारत हुँदै तेस्रो देशमा पनि बिजुली बेच्न पाउनेछ ।

  भारत क्रस बोर्डर विद्युत व्यापार निर्देशिका हेर्नको लागि तलको लिंकमा क्लिक गर्नुहोस्

 

https://drive.google.com/file/d/0B25aHb41RkNsR3AyZWktS18wOW1oR0gyYXJFaTdNX1QzSnY0/view.


 

विशेष