News

प्रचण्डविरुद्ध फेसबुकमा जथाभाबी लेखेको आरोपमा तरुण दलका नेता पक्राउ 

प्रचण्डविरुद्ध फेसबुकमा जथाभाबी लेखेको आरोपमा तरुण दलका नेता पक्राउ 

चितवन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्ध फेसबुकमा जथाभाबी लेखेको आरोपमा तरुण दलका एक जना नेता पक्राउ परेका छन् ।

 

पर्यटन व्यवसायी समेत रहेका तरुण दलका पूर्व केन्द्रीय सदस्य सुबोध प्रधान दाहाल विरुद्ध फेसबुकमा जथाभावी लेखेको आरोपमा पक्राउ परेका हुन् । 


तरुण दल चितवनका निवर्तमान अध्यक्ष राम श्रेष्ठका अनुसार प्रधानलाई आइतबार बिहान प्रहरीले नियन्त्रणमा लिएको हो। उनलाई सोधपुछका लागि जिल्ला प्रहरी कार्यालय भरतपुरमा राखिएको छ।

 

फेसबुकमा आपत्तिजनक वाक्य राखेको भन्ने उजुरीका आधारमा प्रधानलाई नियन्त्रणमा लिएको चितवनका प्रहरी उपरीक्षक (एसपी) सुशिलसिंह राठौरले बताए। प्रधानले तीन दिनअघि राखेको पोस्ट फेसबुकमा अहिले हटाइ सकिएको छ।

 

प्रधान नेपाली कांग्रेसका महासमिति सदस्य तथा लोकतान्त्रिक खेलकुद मञ्चको महासचिव पनि हुन्। नारायणगढ र मेघौलीमा उनको पर्यटकीय होटेल पनि छ।

 

‘प्रधान विरुद्ध उजुरी परेपछि सोधपुछका लागि ल्याएको हो। सोधपुछ भइरहेको छ। जाहेरी आएको छैन। जाहेरी आए हिरासतमा पनि राख्नु पर्ला नभए अहिले सोधपुछ भइरहेको छ।

 

थप के हुने हो कुनै निधो भइसकेको छैन’ एसपी राठौरले भने । यो समाचार कान्तिपुर दैनिकबाट लिइएको हो । 

पुष्पकमल दाहाल ‘प्रचण्ड’ तरुण दल सुबोध प्रधान दाहाल

विशेष