भारतद्वारा ‘अग्नी–चौथो’ को परीक्षण, ४ हजार किलोमिटरसम्म प्रहार गर्न सकिने
नयाँदिल्ली । भारतले सफलतापूर्वक नयाँ परमाणु क्षेप्यास्त्र परीक्षण गरेको जनाएको छ ।
अग्नी–चार नाम दिइएको सो क्षेत्रप्यास्त्र चार हजार किलोमिटर टाढासम्म प्रहार गर्न सकिने क्षमताको रहेको आइतबार जानकारी दिइएको छ ।
क्षेप्यास्त्र परिक्षण भने २० मिटर टाढा र झण्डै १७ टन भारमा गरिएको अधिकारीहरुले बताएका छन् । अग्नी–चार क्षेप्यास्त्रको यो सातौ परिक्षण हो ।
आफ्नो उद्देश्यमा सफल हुने पुिष्ट भएकाले यसको परिक्षण पूर्ण रुपमा सफल भएको जानकारी दिइएको छ ।
भारतीय सेनाले क्षेप्यास्त्रको परिक्षण गरेको हो । भारतमा यसअघि अग्नी–एक, अग्नी–दुई, अग्नी–तीन र पृथ्वी परीक्षण गरिसकिएको छ । एजेन्सी