News

सौर्य सिमेन्ट उद्योगमा आगलागी, तीन करोडको क्षति

सौर्य सिमेन्ट उद्योगमा आगलागी, तीन करोडको क्षति

गाईघाट । उदयपुरको कटारी नगरपालिका–८ स्थित गल्टारको सौर्य सिमेन्ट उद्योगको चुनढुङ्गा खानीमा आगलागी भएको छ ।

 

आगलागीबाट ट्र्याङ्कर र एक स्काभेटर जलेर नष्ट हुँदा तीन करोडको नोक्सानी भएको छ । 

 

गए राति ११ बजेतिर अचानक ट्र्याङ्करमा आगलागी हुँदा तेलको ट्र्याङ्कर र एक स्काभेटरसमेत जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक चन्द्रदेव राईले जानकारी दिए ।  


 

आगलागी कसरी भयो वा कसले गरायो ? भन्नेबारे  इलाका प्रहरी कार्यालय कटारीले अनुसन्धान सुरु गरेको छ । 

उदयपुर सौर्य सिमेन्ट उद्योग

विशेष