News

शिक्षक बन्न इसाई नै हुनुपर्ने ? प्रशासनले थाल्यो छानबिन  

शिक्षक बन्न इसाई नै हुनुपर्ने ? प्रशासनले थाल्यो छानबिन  

ललितपुर । गैरसरकारी संस्था ‘टिच नेपाल’ ले गरकेो शिक्षकको आवश्यकतासम्बन्धी विज्ञापन विवादमा परेपछि छानबिन सुरु भएको छ । 

 

संस्थाले विज्ञापनमा एक प्रशिक्षार्थी शिक्षकको आवेदन माग्दै आवेदक इसाई परिवारको हुनुपर्ने, इसाई कलेजमा पढेको र चर्चको सिफारिस चाहिने लगायत सर्त राखेको उजुरी जिल्ला प्रशासन कार्यालय ललितपुरमा परेको छ । 

 

उजुरीपछि संस्थाको छानबिन गरिरहेको ललितपुरका प्रमुख जिल्ला अधिकारी प्रेमराज जोशीले बताए । यो समाचार अन्नपूर्ण पोस्ट् दैनिकबाट लिइएको हो । 

शिक्षक टिच नेपाल

विशेष