News मुख्य समाचार

वाइडबडी खरिद प्रकरण : अयोग्य कम्पनीसँग सम्झौता गरेको खुलासा

वाइडबडी खरिद प्रकरण : अयोग्य कम्पनीसँग सम्झौता गरेको खुलासा

काठमाडौँ । नेपाल वायुसेवा निगमले दुईवटा वाइडबडी विमान खरिदका लागि अयोग्य कम्पनीसँग सम्झौता गरेको भेटिएको छ । निगम, कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट प्राप्त कागजातअनुसार आफूसँग विमान भएको प्रमाणबिनै एएआर कर्पोरेसनसँग खरिद सम्झौता भएको देखिएको हो ।

 

‘निगमले सार्वजनिक गरेको आशयपत्रमा आधारित भएर प्रस्ताव पेस गर्ने कम्पनीले कुनै न कुनै रूपमा आफूसँग विमान भएको सुनिश्चित गर्नुपर्ने हुन्छ । तर त्यस्तो कुनै प्रमाणबिनै प्रस्ताव पेस गरेको एएआर कर्पोरेसन छनोट भएको देखिन्छ,’ विमान खरिदको कानुनी प्रक्रियाबारे अध्ययन गरेको सार्वजनिक खरिद अनुगमन कार्यालय स्रोतले भन्यो, ‘विमानको स्वामित्व भएको अथवा स्वामित्व पाउने सुनिश्चितता गर्न नसकेको कम्पनीलाई छनोट गर्नै मिल्दैनथ्यो । एएआरले पेस गरेको प्रस्ताव हेर्दा ऊसँग विमानको सुनिश्चितता गर्ने कागजात देखिएन ।’

 

निगम स्रोतका अनुसार सुरुको प्रस्तावमा एएआरले हाई–फ्लाईसँगको सम्झौतासमेत पेस गरेको थिएन । २०१६ डिसेम्बर (६ ९२०७३ पुस १ गते) बोलपत्र मूल्यांकन उपसमितिले निगमका प्रबन्ध निर्देशकलाई बुझाएको प्रतिवेदनमा ११ वटा कम्पनीको प्रस्तावमाथि तुलनात्मक अध्ययन गरिएको छ । यो समाचार आजको कान्तिपुर दैनिकबाट लिइएको हो ।

वाइड बडी जहाज

विशेष