रोजगार News

१० हजार कामदार लाने भयो कोरियाले, फागुन दोस्रो साता भाषा परीक्षाको आवेदन खुल्ने

१० हजार कामदार लाने भयो कोरियाले, फागुन दोस्रो साता भाषा परीक्षाको आवेदन खुल्ने

काठमाडौं । रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत सन् २०१९ का लागि नेपालले १० हजारभन्दा बढी कामदार कोटा पाउने भएको छ । 

 

कोरिया सरकारले आफ्नो देशमा आवश्यक पर्ने विदेशी जनशक्तिको संख्या निर्धारण गरेसँगै नेपालले यो संख्यामा कोटा पाउने बताइएको छ । कामदार छनोटका लागि फागुनको दोस्रो साता १० औं भाषा परीक्षाको आवेदन आह्वान हुने भएको छ । कोरियालले नेपाली कामदारको कार्यक्षमता उत्कृष्ट रहेको जनाउँदै थप कामदार छनोटका लागि फागुनमा भाषा परीक्षाको सूचना आह्वान गरी जेठको अन्तिम र असार पहिलो साता भाषा परीक्षा गर्ने योजना बनाइएको छ । 

 

वैदेशिक रोजगार विभाग इपिएस शाखाले विगतको वर्षको उत्तीर्ण संख्याका आधारमा आगामी वर्षका लागि नेपालले अनुमानित १० हजार कोटा पाउने जनाएको छ।

दक्षिण कोरिया

विशेष