अब नेता पनि पर्ने भए सम्पत्ति शुद्धिकरण छानबिनको दायरामा
काठमाडौं । अब राजनीतिक दलका नेता पनि सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ) निवारण ऐन २०६४ अन्तर्गत छानबिनको दायरामा पर्ने भएका छन् ।
संसद्मा दर्ता ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक’ अन्तर्गत सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ) निवारण ऐन, २०६४ संसद्को आगामी बैठकमा छलफल हुनेछ । संसद्को हिउँदे अधिवेशन ११ गेत सुरु हुँदैछ । उक्त ऐनले ‘स्वदेशी उच्च पदस्थ व्यक्ति’ को परिभाषामा राजनीतिक दलको नेतृत्व र पदाधिकारी पनि समावेश छन् ।
उक्त विधेयक पारित भएमा सरकारी सुविधा नलिएको तर राष्ट्रिय राजनीतिक दलको नेतृत्व लिएका व्यक्ति सम्पत्ति शुद्धीकरण क्षेत्राधिकारभित्र पर्ने कानुन, न्याय तथा संसदीय मामिलामन्त्रालयले जनाएको छ । विधेयकको भएको ‘स्वदेशी उच्चपदस्थ व्यक्ति’ भन्ने परिभाषामा परिवर्तन गर्दै संघीय संरचनाअनुसारका राजनीतिक र प्रशासनिक संरचनामा आकद्धहरुलाई पनि समावेश गरिएको छ । यो खबर आजको नागरिक दैनिकबाट लिइएको हो ।
सम्पत्ति शुद्धीकरण