News

दशगजा मिचेर भारतद्वारा सडक निर्माण

दशगजा मिचेर भारतद्वारा सडक निर्माण

मोरङ । जिल्लाको जहदा गाउँपालिका-१ कालाबञ्जरस्थित दशगजामा भारतीय पक्षले सडक निर्माण थालेको छ । 

 

भारतको बिहार राज्यको अररिया जिल्ला कुशमाहा ग्रामपञ्चायत९४ को आमगाछी मुसहरी बस्तीबाट दशगजामा १ किलोमिटर सडक निर्माण गरिएको हो । 

 

विधायक मनचन केसरीको विधायक फण्डबाट उक्त सडक निर्माण सुरु गरिएको स्थानीय उमेश सदायले बताए।

 

दशगजामा रहेको १७४-२ नम्बरको चारपाटे पिलरभन्दा ५ सय मिटर वरसम्म एक्जाभेटरले खनेर सडक निर्माण गरिएको छ । यो समाचार  कान्तिपुर दैनिकबाट लिइएको हो । 

सडक निर्माण दशगजा

विशेष