News प्रदेश ७

आठ दिनका लागि धनगढी विमानस्थलमा उडान बन्द

आठ दिनका लागि धनगढी विमानस्थलमा उडान बन्द

कैलाली । कैलालीको धनगढी विमानस्थलमा आठ दिनका लागि उडान बन्द गरिने भएको छ ।

 

बर्षातको पानीले विमानस्थलको धावनमार्गमा केहि समस्या आएकाले मर्मतका लागि आजदेखि उडान बन्द गरिने भएको हो।

 

नागरीक उड्यान प्राधिकरण धनगढीका प्रमुख तेजवहादुर बुढथापाले बर्षातको पानीले विमानस्थलको धावनमार्ग दबेकाले मर्मतका लागि पुष १० गतेदेखि १७ गतेसम्म विमानस्थलमा उडान बन्द गरिएको जानकारी दिए ।

 

तर, बेलुका ६ बजेपछि विमान कम्पनीहरुले उडान भर्न सक्ने उनले बताए ।

 

विमानस्थल बन्द गर्नका लागि केन्द्रको नागरीक उड्यान प्राधिकरणलाई धनगढीले अनुमती मागेको थियो।

 

केन्द्रको नागरीक उड्यान प्राधिकरणले सो समयमा विमानस्थल बन्द गर्न स्वीकृती दिएपछि उडान बन्द गर्ने निर्णय भएको प्रमुख बुढथापाले बताए।

धनगढी विमानस्थल

विशेष