विदेश

मेक्सिकोमा विमान दुर्घटनामा गभर्नर र उनका श्रीमानको मृत्यु

मेक्सिकोमा विमान दुर्घटनामा गभर्नर र उनका श्रीमानको मृत्यु

मेक्सिकोको पुएब्ला प्रान्तकी गभर्नर मार्था एरिका एलोन्सोको एक विमान दुर्घटनामा मृत्यु भएको छ । सो विमान दुर्घटनामा उनका श्रीमान सिनेटर राफेल मोरेनो वालेको पनि मृत्यु भएको छ ।  

 

मार्था र उनका श्रीमान जिस सवार विमान पुएब्ला शहरबाट उडान भएको केही समयमै दुर्घटनाग्रस्त भएको मेक्सिकोका अधिकारीहरूले बताएका छन् । ४५ वर्षीया मार्था पुएब्लुाकी पहिला गभर्नर हुन् ।  उनले डिसेम्बर १४ मा नै गभर्नरको कार्यभार समालेकी थिइन् ।

 

मेक्सिकोका राष्ट्रपनि आन्द्रेस मेनुएल लोपेज ओब्राडोरले उनको मृत्युको पुष्टि गरेका छन् । उनले ट्वीट गर्दै ओबराडोरने दुवै नेताका परिवारप्रति गहरी सम्वेदना व्यक्त गरेका छन् । उनले दुर्घटनाको कारण पत्ता लगाउनका लागि एउटा विस्तृत अनुसन्धान गराउने बताएको बिबिसीले जनाएको छ ।

मेक्सिको

विशेष