News मनोरञ्जन

ब्युटी केयर ब्यबसायले समाज सुधारको अभियानमा ठुलो सहयोग पुग्यो –पूर्वअर्थमन्त्री कोईराला 

ब्युटी केयर ब्यबसायले समाज सुधारको अभियानमा ठुलो सहयोग पुग्यो –पूर्वअर्थमन्त्री कोईराला 

पूर्व अर्थमन्त्री तथा साहित्यकार शंकर कोईरालाले ब्युटी केयर ब्यबसायले समाजिक सुधारको अभियानमा ठुलो सहयोग पु‍‍‍‍‍‍र्याएको बताएका छन् । रश्मिलाज फेसियल हाउस एण्ड ब्युटी केयरको ११ औ बार्षिकोत्सबको अबसरका आयोजित सम्मान कार्यक्रममा पूर्बमन्त्री कोईरालाले ब्युटी केयर पेशाले महिला शशक्तिकरणमा उल्लेख भूमिका  निर्बाह गरेको बताए ।

 

पूर्वमन्त्री कोईरालले सरकारले एक बर्षमा पाचलाख रोजगारी सृजना गर्ने कार्यक्रम अघि सारेको अबस्थामा  सौदर्य ब्यबसायमा मात्र तीन लाख ब्यक्ति प्रत्यक्ष रोजगारीमा संग्लन हुनु सकारात्मक भएको बताए । रश्मिलाज फेसियल हाउस एण्ड ब्युटी केयरले आफनो ११ औ बार्षिकोत्सबका अबसरमा ३ जना व्यक्तित्वहरु बरिष्ठ सौन्दर्यबिद् डा‍ राजेश्वरी राज्य लक्ष्मी श्रेष्ठ, चर्चित कलाकार निर्माता निर्देशक दिपाश्री निरौला, संचारकर्मी सुशील अर्याललाई बिसेष सम्मान प्रदान गरिएको थियो । उनीहरुलाई प्रमुख अतिथि गीतकार रसाहित्यकार तथा पूर्व अर्थमन्त्री शंकर प्रशाद कोइरालाले सम्मान गरेका थिए ।

 

यसै   गरी कार्यक्रममा लायन बालकृष्ण बुर्लाकोटी, प्रदेश सभा सदस्य कल्पना नेपाली, निर्माता निर्देशक समाजसेवी मधुकुमार श्रेष्ठ, बरिष्ट समाजसेवी सुभाष गुरुङलाइ समेत सम्मान गरिएको थियो । बरिष्ठ सौन्दर्य्बिदहरु, चर्चित कलाकारहरु, पत्रकारहरु तथा समाजसेवामा अग्रणी भूमिका निर्बाह गर्ने अग्रज व्यक्तित्वहरुलाई सम्मान गरिएको उक्त कार्यक्रममा उत्कृष्ट कर्मचारीहरुलाई समेत सम्मान गरिएको थियो ।  बिगत ११ बर्ष देखि सौन्दर्य प्रति सचेत सम्पुर्ण नेपालीहरुको रोजाइमा परेको रश्मिलाज फेसियल हाउस एण्ड ब्युटी केयर काठमाडौँ मल, बिजी मल तथा सिभिल मलमा रहेर आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ ।

 

उक्त ११ औ बार्षिकोत्सब कार्यक्रममा बोल्दै रश्मिलाज फेसियल हाउस एण्ड ब्युटी केयरका संरक्षक प्रकाश कुमार श्रेष्ठले ४० जनालाई प्रत्यक्ष रोजागरी प्रदान गरेको र अफनो ग्राहकहरुको सेवा सुबिधालाइ ध्यानमा राख्दै आधुनिक पद्दति द्वारा सम्पुर्ण सेवा प्रदान गर्दै आएको जानकारी दिए । संचालिका रश्मिला श्रेष्ठले अस्ट्रेलिया तथा अमेरिकामा समेत रश्मिलाज फेसियल हाउस एण्ड ब्युटी केयरको सेवा बिस्तार गर्न लागिएको जानकारी दिदै ग्राहकहरुले अन्तराष्ट्रिय स्तरको सेवा लिन सक्ने बताए ।

पूर्वअर्थमन्त्री कोईराला 

विशेष