News अर्थ

दूरसञ्चार कम्पनीहरूको अटेरी : तिरेनन् ३ अर्ब

दूरसञ्चार कम्पनीहरूको अटेरी : तिरेनन् ३ अर्ब

काठमाडौं । सांसददेखि प्रतिष्ठित व्यवसायीका नाममा रहेका दूरसञ्चार कम्पनीहरूले सरकारलाई तीन अर्बभन्दा बढी राजस्व तिरेका छैनन् । युनाइटेड टेलिकम लिमिटेड (यूटिएल), स्मार्ट टेलिकम, सिजी कम्युनिकेशनलगायतका कम्पनीले तीन अर्ब १३ करोड ८ लाख ४१ हजार रुपैयाँ बक्यौता नतिरेका हुन् ।

 

दूरसञ्चार प्राधिकरणका अनुसार भौतिक पूर्वाधार तथा यातायतमन्त्री रघुवीर महासे‍ठकी पत्नी तथा नेकपा सांसद जुलीकुमारी महतोको लगानी रहेको युटिएलले ७७ करोड ७९ लाख ७५ हजार ३१२ रुपैयाँ बक्यौता बुझाएको छैन। सबैभन्दा बढी बक्यौता स्मार्ट टेलिकम प्रालिको छ। उसले १ अर्ब ३७ करोड ५० लाख रुपैयाँ बुझाएको छैन। यो खबर आजको कान्तिपुर दैनिकबाट लिइएको हो ।

नेपाल दूरसञ्चार प्राधिकरण

विशेष