हिउँदे अधिवेशन आजबाट, एउटा विधेयक र अध्यादेश पेस गर्ने कार्यसूची

काठमाडौं । संघीय संसद्को हिउँदे अधिवेशन आज (बुधबार) सुरु हुँदैछ।
अपरान्ह ४ बजे बोलाइएको बैठकमा राजनीतिक दलका नेताले अधिवेशन प्रारम्भ अवसरमा मन्तव्य दिने छन् ।प्रतिनिधिसभाको कार्यसूची तयार गर्न मंगलबार दिउँसो १ बजे कार्यव्यवस्था समितिको बैठक बोलाइएको थियो। बैठकले एउटा विधेयक र अध्यादेश पेस गर्ने कार्यसूची तय गरेको छ।
प्रतिनिधिसभा बैठकमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक प्रशासकीय अदालत विधेयक २०७५ लाई टेबुल गर्ने र कर्मचारी समायोजन अध्यादेश २०७५ प्रस्तुत गर्ने कार्यसूची बनेको छ। राष्ट्रियसभाले पनि अधिवेशन आह्वानपत्र, राजनीतिक दलका नेताको सम्बोधन, कर्मचारी समायोजन अध्यादेशलाई कार्यसूचीमा राखेको छ।
संघीय संसद