News

सुन्दर रिङरोडभित्रको कहाली लाग्दो कथा : माल पाएर चाल नपाएको जस्तो

सुन्दर रिङरोडभित्रको कहाली लाग्दो कथा : माल पाएर चाल नपाएको जस्तो

काठमाडौं । सफा, सुन्दर र चिटिक्क परेको फराकिलो सडक । यात्रु चढाउन र ओराल्न मिल्ने सडक, आफ्नै वेगमा हिँड्न मिल्ने छुट्टै सडक । पैदल मार्ग त्यसमा पनि दृष्टिविहीनलाई प्राथमिकतामा राखेर बनाइएको पैदल मार्ग । अग्लो घरबाट हेर्दा कुनै विकसित देशको सडकभन्दा कम छैन। यस्तै सडकको दृश्य कोटेश्वर–कलंकी (१० किमि) सडक खण्डमा देख्न पाइन्छ।

 

कुल २७ किलोमिटर सडक रहेको चक्रपथमध्ये कोटेश्वर–कलंकी सडक खण्ड साँच्चै मनमोहक छ। टेलिभिजनको स्क्रिनमा मात्रै देख्न पाइने यस्तो सडक नेपालमै देख्न र पाइला टेकेर यात्रा गर्न पाइएपछि सबै दंग छन् तर यस्तै चिटिक्क र सुन्दर सडकभित्रको कहाली लाग्दो कथा भने लुकेएको छ।

 

सुरक्षाको दृष्टिमा नागरिकले प्रश्न उठाउँदै आइरहेका छन्। फुटपाथ, साइकल लेन, मिडियन, हरित क्षेत्र, पर्याप्त बस स्टेसन बनेकै छैन। सुरक्षाका दृष्टिकोणले अपनाउनुपर्ने ट्राफिक चिन्ह, लाइट, सडकको दायाँबायाँ बार र रोड डिभाइर पनि यस सडकमा नहुँदा यात्रुदेखि सवारी चालकसम्म अन्योल छन् । सातदोबाटो, चापागाउँ दोबाटो, महालक्ष्मी स्थान, एकान्तकुना, बागडोललगायत पायक पर्ने स्थानमा बस स्टेसन नहुँदा यात्रु सडकबाटै सवारी चढ्न र ओर्लन बाध्य छन् । यो खबर आजको नेपाल समाचार पत्रबाट लिइएको हो ।

कोटेश्वर–कलंकी

विशेष