News

कुरा फेर्‍यो भारतीय पक्षले, आफ्नो भूमिमा बरामद ३३ किलो सुन फिर्ता नगर्ने

कुरा फेर्‍यो भारतीय पक्षले, आफ्नो भूमिमा बरामद ३३ किलो सुन फिर्ता नगर्ने

काठमाडौं : मंसिर २१ गते कोलकाताको धनकुनीमा ३३ किलो सुन र दुई नेपाली समातिए। त्यो त्रिभुवन विमानस्थलबाट गायब भएकै ३३ किलो सुन भएको र ती व्यक्ति गोरेकै ग्याङका सदस्य भएको निष्कर्ष छानबिन समितिले निकालेको छ। तर सुन फिर्ता आउने त कुरै भएन, तस्करी अनुसन्धान गर्न पनि नेपालले दिल्लीमार्फत कूटनीतिक पहल गर्नुपर्ने भएको छ।

 

सुन र दुई व्यक्ति पक्राउ पर्नेबित्तिकै त्यसबारे भारतीय अधिकारीहरुले कोलकाताको नेपाली महावाणिज्य दूतावासलाई जानकारी गराएका थिए। सुरुमा उनीहरुले अनुसन्धानमा सघाउने जानकारी नेपाललाई दिएका थिए। तर पछिल्लो समय भारतीय अधिकारीहरुले बोली फेरेका छन्। 

 

अहिले भारतले आफ्नो भूमिमा बरामद सुन फिर्ता नगर्ने बताएको छ। तर कूटनीतिक पहल भए अनुसन्धानमा सहयोग गर्ने सन्देश भारतले दूतावासमार्फत नेपाल सरकारलाई पठाएको छ। यसबाट सुन तस्करीको अनुसन्धान प्रभावित हुने देखिएको छ। यसबारे कोलकातास्थित नेपाली महावाणिज्यदूत एकनारायण अर्यालले भारतीय अधिकारीसँग गत मंगलबार छलफल गरेका थिए। यो खबर आजको अन्नपूर्ण पोस्टबाट लिइएको हो ।

सुन काण्ड

विशेष