News मुख्य समाचार राजनीति

प्रधानमन्त्रीले ट्याबलेटबाटै रिपोर्ड कार्ड हेर्न थालेपछि मन्त्रीहरू दबाबमा

प्रधानमन्त्रीले ट्याबलेटबाटै रिपोर्ड कार्ड हेर्न थालेपछि मन्त्रीहरू दबाबमा

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले मन्त्रालयको चौमासिक रिपोर्ट कार्ड अनुगमन गरिरहेका छन् । निर्धारित समयमा कति काम हुन सक्छ भनेर उनले मन्त्रालयहरूबाट प्रतिबद्धता मागेका थिए । आफैंलले प्रस्तुत गरेको लक्ष्य मन्त्रालयले कति पूरा गरे भन्ने मूल्यांकन प्रधानमन्त्री कार्यालयको सफ्टवेयरले गरिरहेको छ । सफ्टवेयरले अद्यावधिक गरिरहेको पाइचार्ट प्रधानमन्त्रीले आफ्नो ट्याबलेटमा हेरिरहेका छन् । तर, प्रधानमन्त्रीलाई दिएको लक्ष्य कुनै पनि मन्त्रालयले पूरा गर्न सकेका छैनन् ।

 

प्रधानमन्त्रीको अनुगमनले मन्त्रीमाथि नैतिक दबाब सिर्जना गरिरहेको छ । किनकि, आफैँले तोकेको लक्ष्यअनुसार कति काम गर्न सकियो भन्ने मन्त्रालयले नै सफ्टवेयरमा भर्नुपर्छ । ‘यो पाइचार्ट हामीले बनाएको होइन । सम्बन्धित मन्त्रालयका सचिवले स्वयं मूल्यांकन गरेबापत सफ्टवेयरबाट पाइचार्ट बन्छ,’ महाशाखाका सहसचिव यमलाल भुसालले भने, ‘प्रधानमन्त्रीज्यूले आफ्नो ट्याबलेटबाट मन्त्रालयको पर्फर्मेन्स हेरिरहनुभएको हुन्छ । त्यसो हुँदा आफैँले गर्छु भनेको काम पनि नगर्दा मन्त्रीज्यूहरू नैतिक दबाबमा पर्नुहुन्छ ।’

 

मन्त्रालयहरूले लक्ष्यअनुसार काम गर्न नसकेको पाइचार्टमा देखिएको भुसालले बताए । उनले प्रधानमन्त्रीको निर्देशनअनुसार मन्त्रालयको अनुगमनलाई प्रभावकारी बनाउने र कमी–कमजोरीलाई सल्टाउन सहयोग गर्ने बताए । रातो रङ बढी देखिएको मन्त्रालयको अनुगमनमा ध्यान दिने उनको भनाइ छ । धेरै रातो रङ लिएर बस्ने मन्त्रालयलाई प्रधानमन्त्रीको कार्यालयले पनि प्रश्न गर्ने भुसालले बताए । यो खबर आजको नयाँ पत्रिकाबाट लिइएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओली

विशेष