News

सरकारले खरको छाना भएकालाई ५० हजार दिने

सरकारले खरको छाना भएकालाई ५० हजार दिने

काठमाडौं । सरकारले पराल, खर र स्याउलाको छाना भएका परिवारलाई जस्तापाता हाल्न ५० हजार रुपैयाँ दिने भएको छ । 

 

गरिबीको रेखामुनि रहेका र प्रकोपका कारण घरबारविहीन भएका परिवारलाई सुरक्षित आवासमा ल्याउन सोमबारको मन्त्रिपरिषद्को बैठकले जस्तापाता किन्न रकम दिने निर्णय गरेको हो ।

 

बैठकले ‘सुरक्षित नागरिक आवास कर्यक्रम कार्यविधि ०७५’ स्वीकृत गरेको छ । चालु आर्थिक वर्षको बजेटमा सुरक्षित आवासका लागि १ अर्ब रुपैयाँ छुट्याइएको छ ।

 

सहरी विकास मन्त्रालयका अनुसार स्थानीय तहको सिफारिसमा सम्झौता भएपछि ६० प्रतिशत रकम दिनेछ भने जस्तापाता हालिसकेपछि बाँकी ४० प्रतितश रकम उपलब्ध गराइनेछ । यो समाचर कान्तिपुर दैनिकबाट लिइएको हो । 
 

खरको छाना

विशेष