News अपराध सुरक्षा मुख्य समाचार

निर्मला हत्या प्रकरण : आइजी खनालसहित उच्च अधिकारी कञ्चनपुरमा

निर्मला हत्या प्रकरण : आइजी खनालसहित उच्च अधिकारी कञ्चनपुरमा

काठमाडौँ । निर्मला पन्तको हत्या प्रकरणको छानबिनको सिलसिलामा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालसहित प्रहरी उच्च अधिकारीहरूको टोली कञ्चनपुर गएको छ । घटनाको प्राविधिक पाटोको अनुसन्धानमा दलख राख्ने अनुसन्धान अधिकारहरूसहितको टोली कञ्चनपुर प्रस्थान गरेको हो ।

 

महानिरीक्षक खनालसहित केन्द्रीय अनुसन्धान व्युरो (सिआइबी) का प्रमुख निरज शाही, प्रहरी मुख्यालयका एसपी रामदत्त जोशी, महानगरीय अपराध महाशाखाका डिएसपी रुगम कुँवर, प्रहरी नायव निरीक्षक गजेन्द्र रावलको टोली मंगलबार बेलुकी कञ्चनपुतर्फ प्रस्थान गरेको हो । टोलीमा गएका अपराध महाशाखाका डिएसपी कुँवर र प्रहरी नायव निरीक्षक रावल प्राविधिक पाटोको अनुसन्धानमा दखल राख्ने अनुसन्धान अधिकारीका रुपमा चिनिन्छन् । टोली सडक मार्ग हुँदै कञ्चनपुर प्रस्थान गरेको बताइएको छ ।

 

कञ्चनपुरकी १३ वर्षीया किशोर निर्मलाको बलात्कारपछि हत्या भएको पाँच महिना दिन बितिसक्दा पनि हत्यारा पत्ता लगाउन सकेको छैन्। निर्मलाको गत साउन ११ गते हत्या भएको थियो । उनी साउन १० गते साथीको घरमा होमर्क गर्न गएकी थिइन् तर त्यसको भोलिपल्ट उनको शव उखुबारीमा भेटिएको थियो ।

 

अनुसन्धानका क्रममा आधा दर्जनभन्दा बढीको डिएनए परीक्षण गरिनुका साथै सयौँ व्यक्तिसँग प्रहरीले सोधपुछ गरिसकेको छ । तर प्रहरीले अहिलेसम्म ठोस प्रमाण फेला पर्न सकेको छैन । त्यस्तै छोरीको न्यायका लागि बाबुआमाले अहिले पनि कञ्चनपुरमा धर्ना दिँदै आइरहेका छन् ।

सर्वेन्द्र खनाल

विशेष