News

धरहरा पुनर्निर्माणले आजदेखि औपचारिकता पाउँदै

धरहरा पुनर्निर्माणले आजदेखि औपचारिकता पाउँदै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको अघिल्लो कार्यकालमा (२०७२ साल फागुन ४ गते) ‘म बनाउँछु मेरो धरहरा’ अभियानअन्तर्गत आफ्नो एक महिनाको तलब धरहरा पुनर्निर्माणका लागि उपलब्ध गराएको झन्डै ४ वर्षपछि आफैंले धरहरा पुनर्निर्माणको शिलान्यास गर्ने भएका छन् ।

 

प्रधानमन्त्री ओलीले बिहीबार (आज) बिहान ११ बजे शिलान्यास गर्ने कार्यक्रम तय भएको छ। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले शिलान्यासको सम्पूर्ण व्यवस्था गरेको छ। वैशाख १२ गते गएको शक्तिशाली भूकम्पले धरहरा ध्वस्त भएको थियो। ६ रोपनी क्षेत्रफलमा रहेको भीमसेन थापा कालीन धरहरा भत्किएपछि हुलाक र टक्सार विभागसहितको ४२ रोपनी जग्गामा आधुनिक धरहरा निर्माण हुने भएको छ।

 

पुनर्निर्माण प्राधिकरणले जीआईईटीसी–रमन जेभीलाई धरहरा पुनर्निर्माणको जिम्मा दिएको थियो। एक महिनाअघिबाट काम शुरू गरेको कम्पनीले हाल धरहरा पुरानो धरहरा रहेको क्षेत्र, नेपाल बैंकको पुरानो कार्यालयलाई छेकबार गरेको छ। यो खबर आजको नेपाल समाचारपत्र दैनिकबाट लिइएको हो ।

धरहरा पुनर्निर्माण

विशेष