News

प्राधिकरणका अध्यक्ष दीगम्बर झाद्वारा राजीनामा

प्राधिकरणका अध्यक्ष दीगम्बर झाद्वारा राजीनामा

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष दीगम्बर झाले राजीनामा दिएका छन् । बुधबार सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटालाई राजीनामा बुझाएको झाले जानकारी गराए । 

 

झाले सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाट नै आफ्नो राजीनामा माग भएकाले नैतिकताका आधारमा राजीनामा दिएको  बताए । झालाई अध्यक्ष पदबाट हटाउन नेकपाभित्रबाट सरकारलाई दबाब दिइएको थियो ।

 

‘मेरो कारणले प्रधानमन्त्री र सञ्चारमन्त्रीमाथि नै अशोभनीय र अनावश्यक टीकाटिप्पणी भयो’, उनले भने, ‘मेरो चरित्रमाथि नै आँच आउने काम हुन थालेपछि नैतिकताको उच्च सम्मान गर्दै राजीनामा दिएको हुँ ।’ झा विसं २०६९ मा पहिलोपटक र विसं २०७४ मंसिर दोस्रोपटक म्याद थपिएको थियो । पुनःउनलाई गत भदौ २१ गते मन्त्रिपरिषद्को निर्णयबाट चार वर्षका लागि अध्यक्षमा नियुक्त गरिएको थियो । 
 
 

नेपाल दूरसञ्चार प्राधिकरण दीगम्बर झा

विशेष