News

प्रधामन्त्रीको निर्देशनविपरीत प्रतिमहिना चार सय कर्मचारीको विदेश सयर

प्रधामन्त्रीको निर्देशनविपरीत प्रतिमहिना चार सय कर्मचारीको विदेश सयर

काठमाडौँ । अनावश्यक विदेश भ्रमण रोक्न र मितव्ययी बन्न प्रधानमन्त्री केपी ओलीले दिएको निर्देशनविपरीत हरेक महिना करिब ४ सय कर्मचारीले विदेश सयर गरिरहेको पाइएको छ । 

 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार चालु आर्थिक वर्षका चार महिना (साउन, भदौ, असोज र कात्तिक)मा मात्रै १ हजार ५ सय ७६ कर्मचारीले विदेश सयर गरेका छन् । यिनमा सबभन्दा बढी उच्च तहका कर्मचारी छन् । प्रधानमन्त्रीले महत्त्वपूर्ण कार्यक्रमरसम्मेलनमा मात्र विदेश भ्रमणको अनुमति दिन सचिवहरूलाई निर्देशन दिए पनि कतिपय मन्त्रालयका सचिवहरूले आफू निकटका कर्मचारीलाई पटक–पटक विदेश भ्रमणको छुट दिने गरेको पाइएको छ ।

 

कर्मचारीले सबभन्दा धेरै चीन, थाइल्यान्ड, कोरिया, भारत र जापान भ्रमण गरेका छन् । यसबाहेक अमेरिका, इन्डोनेसिया, भुटान, फ्रान्स, मलेसिया, इटली, जापान, सियरालियोन, कम्बोडिया, कोस्टारिका, स्विट्जरल्यान्ड, फिलिपिन्स, इक्वेडर, जर्मनी, युनाइटेड अरब इमिरेट्स, बेलायत, दक्षिण कोरिया, युगान्डा, बंगलादेश, अस्ट्रिया, दक्षिण अफ्रिका, ब्राजिल, सिंगापुर, नर्वे,श्रीलंका, जर्मनी, नेदरल्यान्ड्स, जर्जिया, कतार, इजिप्ट, बहराइन, फिनल्यान्ड, युक्रेन, क्यानडा, म्यानमार, पोल्यान्डलगायत मुलुक भ्रमण गरेका छन् । यो खबर आजको कान्तिपुरबाट लिइएको हो ।

विदेश भ्रमण

विशेष