News

भारतीय सेनामा कार्यरत दुई नेपाली पाकिस्तानको आक्रमणमा मारिए

भारतीय सेनामा कार्यरत दुई नेपाली पाकिस्तानको आक्रमणमा मारिए

काठमाडौं । भारतीय सेनामा कार्यरत दुई नेपाली नागरिक पाकिस्तानको आक्रमणमा मारिएका छन् । सुवेदारद्वय गमबहादुर थापा र रमन थापाको मृत्यु भएको बताइएको हो । दुवैजनाको स्थायी घर रुपन्देहीको तिलोत्तमा–९ तुलसीपुर हो ।

भारतको कुपवडा जल्लामा भारतीय सैनिकलाई लक्षित गर्दै पाकिस्तानी सेनाले गरेको आक्रमणमा उनीहरुको ज्यान गएको बताइएको छ । उनीहरु दुवैलाई घाइते भएपछि उपचारको लागि अस्पताल पुर्याउने क्रममा मृत्यु भएको हो ।

४२ वर्षीय गमबहादुर सन् १९९३ मा र रमन थापा सन् १९९६ मा गोर्खा राइफल्समा भर्ना भएका थिए । यो समाचार अन्नपूर्ण पोस्ट् दैनिकबाट लिइएको हो ।

आक्रमण भारतीय सेना

विशेष