News

प्रधानन्यायाधीशमा सिफारिस जबराविरुद्ध ८ उजुरी

प्रधानन्यायाधीशमा सिफारिस जबराविरुद्ध ८ उजुरी

काठमाडौं : प्रधानन्यायधीशमा सिफारिस चोलेन्द्रशमशेर जबराविरुद्ध परेका उजुरीबारे बिहीबार संसदीय सुनुवाइ समितिमा छलफल हुने भएको छ । समिति सचिवालय सिंहदरबारमा बिहान ११ बजे बस्ने बैठकमा समिति सदस्यहरूबीच जबराविरुद्ध परेका उजुरीबारे छलफल हुने भएको हो ।

 

जबराविरुद्ध आठ वटा उजुरी परेको संसदीय सचिवालयले जनकारी दिएको छ । बैठकमा जबराविरुद्ध परेका उजुरी खोलेर समिति सदस्यहरूबीच छलफल गर्नुका साथै उजुरीकर्ताहरूसँगको छलफल पनि आजै हुन बताइएको छ ।

 

प्रधानन्यायाधीशमा सिफारिस जबराविरुद्ध गत पुस २ गतेदेखि सार्वजनिक उजुरी आह्वान गरिएको थियो । संवैधानिक परिषदको बैठकले मंसिर २७ गते सर्वसम्मत रूपमा जबरालाई प्रधानन्यायाधीशमा सिफारिस गरेको थियो ।

 

वर्तमान प्रधानन्यायाधीश ओमप्रकाश मिश्र पुस १७ गते उमेरहदका कारण अनिवार्य अवकाश पाउँदै छन् । मिश्रले आजबाट कुनै पनि मुद्दाका सुनुवाई नगर्ने सर्वोच्च अदालत जनाएको छ ।

चोलेन्द्रशमशेर जबरा

विशेष