किन लगाइन्थ्यो रोमनमा पिशाबमाथि ट्याक्स ?
के पिसाब गर्दै गरेको बच्चाको मूर्तिको ख्याति तपाईंसम्म पुगेको छ ? बेल्जिमको ब्रसेल्समा म्यानकेन पिस नामको यो मूर्ति एउटा सानो बच्चाको हो जसले पिसाब गरिरहेको देखाइएको छ । यसलाई हेर्नका लागि मानिसहरू टाढा टाढाबाट आउने गर्दछन् ।
यही मूर्ति ब्रसेल्सका मानिस र उनीहरूको सेन्स आफ ह्युमरको प्रतीकका रूपमा हेरिन्छ । पिशाबको प्रयोग प्राचीन समयदेखि नै रोगको निदानका लागि प्रयोग हुँदै आएको छ । यसको अन्य धेरै उपयोग पनि थिए ।
इतिहासमा पिशाबको उपयोगका पहिलो जुक्ति रोम सम्राट टिटो फ्लेविओ वेस्पासियानो (इस्वी ९-७९)को समयमा भेटिएको थियो । रोमन साम्राज्यका धोबीघाट वा फुलोनिकसमा पिशाब एक ठाउँमा जम्मा गरिन्थ्यो र त्यसलाई सड्नका लागि छोडिन्थ्यो । जम्मा गरेको पिशाब पछि एमोनिया बन्थ्यो । र यही एमोनिया एक प्रकारको डिटर्जेन्ट बन्थ्यो जसलाई कपडा धुनका लागि प्रयो गरिन्थ्यो ।
रोमन दर्शनशास्त्री तथा लेखक सेनेका भन्छन्, सेतो ऊनका कपडा भिजाएपछि मजदुर वा धोबी त्यसमाथि कुद्ने वा नाच्ने गर्थे । रंगलाई निखार्न र चमकलाई मार्नका लागि माटो, पिशाब र सल्फरको प्रयोग हुन्थ्यो । त्यसपछि कपडाको गन्ध हटाउनलाई सुगन्धित डिटर्जेन्टको प्रयोग हुन्थ्यो र त्यसमा कपडा भिजाइन्थ्यो । तर यो तरिका स्वास्थ्यका लागि ठीक भने होइन ।
धोबीको काम व्यवसायमा परिणत हुँदै थियो । त्यतिबेलै वेस्पासियानो सत्ताको आगमन भयो । त्यसपछि सो सरकारले पिशाबमाथि ट्याक्स लगाउन सुरु गर्यो । यो ट्याक्स ती व्यक्तिका लागि थियो जसले रोमको सिबेज सिस्टममा जम्मा भएको पिशाब प्रयोग गर्न चाहन्थे । त्यसमा छालाका काम गर्ने मानिसहरू पनि समावेश थिए ।
पिशाब जनावारको छालालाई नरम बनाउन र त्यसलाई पकाउन पनि प्रयोग गरिन्थ्यो । किनकि एमोनियाको अधिक पिएच कार्बनिक पदार्थलाई गलाउँछ । पिशाबमा जनावरको छाला भिजाउँदा उनीहरू रौँ र मासुलाई टुक्रा बनाउन सहज हुन्थ्यो ।
रोमन इतिहासकार स्याटोनियस भन्छन् वेस्पासियनका छोरा टिटोले आफ्ना बुबालाई भने कि पिशाबमाथि जरिवाना लगाउनु आफूलाई राम्रो लाग्दैन । यसको जवाफमा सम्राटले एउटा सुनको सिक्का छोराको नाकमा लगाएर र सोधे के यसबाट दुर्गन्ध आएको छ। त्यसपछि उनले भने यो पिशाबबाट आएको हो । यहीँबाट एक्जियम आफ वेस्पासियान नामबाट चर्चित भनाइ निस्किएको हो । यसको मतलब हो पैसाबाट कहिल्यै दुर्गन्ध आउँदैन ।