प्रधानमन्त्रीले गरे धरहरा पुनर्निर्माणको शिलान्यास, भने, ‘इतिहास झल्किन्छ आधुनिकतामा’ (भिडियाे सहित)
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले धरहरा पुनर्निर्माणको शिलान्यास गरेका छन् । विस २०७२ सालको गोरखा भूकम्पमा भत्किएको धरहराको बिहीबार आयोजित विशेष कार्यक्रममा प्रधानमन्त्री ओलीले शिलान्यास गरेका हुन् ।
प्रधानमन्त्री ओलीले शिलान्यास गरेसँगै धरहरा पुनर्निर्माणले औपचारिकता पाउने भएको छ । उनले ओलीको अघिल्लो कार्यकालमा (२०७२ साल फागुन ४ गते) ‘म बनाउँछु मेरो धरहरा’ अभियानअन्तर्गत आफ्नो एक महिनाको तलब धरहरा पुनर्निर्माणका लागि उपलब्ध गराएका थिए । तलब उपलब्ध गराएको झन्डै तीन वर्षपछि आफैँले धरहरा पुनर्निर्माणको शिलान्यास गर्ने भएका हुन् ।
शिलान्यास कार्यक्रममा नेकपा अध्यक्ष प्रचण्ड, उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोख्रेल, गृहमन्त्री रामबहादुर थापा ‘बादल’, पर्यटनमन्त्री रविन्द्र अधिकारी, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादव, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सिइओ सुशील ज्ञवाली काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य लगायत उपस्थित थिए ।
प्रधानमन्त्री ओलीले धरहरासँगै भत्किएका आन्य संरचनाको पनि समयमै पूर्ननिर्माण हुने प्रतिबद्धता जनाएका छन् । सबै संरचना नेपालको इतिहास झल्किनेगरि आधुनिक शैलीले निर्माण हुने उनले बताए । उस्तै तर बलियो संरचना बनाउने उनले जनाएका छन् ।
धरहरा प्रधानमन्त्री