News

प्रधानन्यायाधीशमा सिफारिस जबराविरुद्ध ९ थान उजुरी, महाअभियोग लगाउनसम्मको माग

प्रधानन्यायाधीशमा सिफारिस जबराविरुद्ध ९ थान उजुरी, महाअभियोग लगाउनसम्मको माग

काठमाडौं । संसदीय सुनुवाइ विशेष समितिले प्रधानन्यायाधीशमा सिफारिस चोलेन्द्रशमशेर जबराविरुद्ध ९ थान उजुरी परेको जनाएको छ। यसमा ८ थान व्यक्तिगत र १ सैद्धान्तिक उजुरी रहेको हो।

 

समितिको सचिवालय सिंहदरबारमा बिहीबार बसेको बैठकले राणाविरुद्ध परेका उजुरीबारे अध्ययनका लागि समितिका सदस्यहरूलाई वितरण गरेको थियो । राणाविरुद्ध दर्ता भएको पहिलो उजुरी सार्वजनिक पोखरी जग्गा आफन्तको नाममा फैसला गराएको रहेको छ । दोस्रो उजुरी पूर्वराजा ज्ञानेन्द्र शाहकी छोरी प्रेरणा शाहको दाइजो हुने भनी गरेको फैसलामा आधारित छ । छाउनीको १५ रोपनी जग्गा र घर शाहको दाइजो हुने भनी राणासहितको इजलासले गरेको फैसला सर्वोच्चबाटै उल्टेकाले उनीमाथि छानबिन गरी महाअभियोग लाग्नुपर्ने उजुरीमा दाबी गरिएको छ ।

 

राणाको फैसलाले नेपाल ट्रस्टको जग्गा व्यक्तिको नाममा जाने अवस्था आएको तर उनीपछिका न्यायाधीशले त्यसलाई जोगाएको दाबी उजुरीमा गरिएको छ । राणा प्रधानन्यायाधीशका लागि सिफारिस भएलगत्तै उक्त जग्गा फिर्ता पाउनुपर्ने दाबी गर्दै रिटसमेत दर्ता भएकाले राणाको नाम अनुमोदन गर्न नहुने उजुरीमा उल्लेख छ । यो खबर नेपाल समाचारपत्रबाट लिइएको हो ।

चोलेन्द्रशमशेर जबरा

विशेष