News अपराध सुरक्षा

सुधार केन्द्रमै महिलामाथि चरम यातना, ९ महिलाले गुमाए मानसिक सन्तुलन

सुधार केन्द्रमै महिलामाथि चरम यातना, ९ महिलाले गुमाए मानसिक सन्तुलन

काठमाडौँ । बूढानिलकण्ठमा सञ्चालित सुधार केन्द्र ‘कृपा घर’ मा राखिएका महिलालाई यातना दिने गरेको पाइएको छ । अवैध तवरबाट सञ्चालित सुधार केन्द्रका सञ्चालकले दिएको यातना सहन नसकेर भागेका दुई महिला प्रहरीको शरणमा पुगेका छन् । 

 

बुधबार शरणमा दुई महिला आएपछि महानगरीय प्रहरीले सुधार केन्द्रमा छापा मारेको छ । ‘अमानविय व्यवहार गरेको पाइएकाले उक्त सुधार केन्द्र बन्द गर्ने निर्णय गरेका छौँ’ डीएसपी बोगटीले भने, ‘प्रारम्भिक अनुसन्धानमा यातनाबाट ९ महिलाको मानसिक सन्तुलन नै गुमेको भेटियो ।’  यो समाचार आजको अन्नपूर्ण पोस्ट दैनिकबाट लिइएको हो । 

यातना

विशेष