News

नेपाली राष्ट्रगानका रचनाकार व्याकुल माइलालाई पितृशोक

नेपाली राष्ट्रगानका रचनाकार व्याकुल माइलालाई पितृशोक

काठमाडौं । नेपाली राष्ट्रगानका रचनाकार व्याकुल माइलालाई पितृशोक परेको छ । व्याकुलका पिता मानबहादुर राईको ७१ वर्षको उमेरमा ओखलढुङ्गा जिल्लाको हिलेपानीमा बिहीबार राति १ बजे निधन भएको हो । 

 

उनी केही वर्षदेखि हेमाटोमा र मधुमेह रोगबाट पीडित रहेको परिवारले जनाएको छ । ‘२० वर्षसम्म स्थायी शिक्षण सेवा गरी निवृत्त जीवनकालमा गाविस अध्यक्ष र जिल्ला विकास सदस्य भई जीवनभर समाज र राष्ट्रको सेवामा क्रियाशील हुनुभयो’, पितालाई श्रद्धाञ्जली दिँदै व्याकुलले फेसबुकमा स्ट्याटस लेखेका छन् । राति शौचालय गएर फर्के लगत्तै बुबाको निधन भएको उनले बताएका छन्

 

व्याकुल माइला

विशेष