News

उपत्यकामा सञ्चालन गर्न ३ सय विद्युतीय बस ल्याइने

उपत्यकामा सञ्चालन गर्न ३ सय विद्युतीय बस ल्याइने

काठमाडौं  ।  काठमाडौं उपत्यकामा चलाउन ३ सयवटा नयाँ विद्युतीय बस ल्याइने भएको छ । मन्त्रिपरिषद्को बैठकले काठमाडौं उपत्यकामा सञ्चालन गर्न नयाँ बस ल्याउने निर्णय गरेको हो ।


सरकारले आफ्नै लगानीमा ३ सयवटा विद्युतीय बस किन्ने निर्णय गरेको हो । सरकारले आफ्नै लगानीमा कम्तीमा ३ सयवटा विद्युतीय बस खरिद गर्ने प्रक्रिया अघि बढाउन लागेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले बताए ।

 

काठमाडौंका विभिन्न स्थानमा लामो समयदेखि जामको समस्याले सर्वसाधारण हैरान छन् । सो समस्याबाट छुट्कारा दिने तथा प्रदूषणको समस्या कम गर्न सार्वजनिक यातायात र विद्युतीय सवारीसाधनलाई प्रोत्साहन गर्न विद्युतीय बस ल्याउन लागिएको मन्त्रालयले जनाएको छ । यो समाचार राजधानी दैनिकबाट लिइएको हो । 

विद्युतीय बस

विशेष