News मुख्य समाचार

पूर्वराजा शाहले आइतबार नरबेदेश्वर महादेवको दर्शन गर्ने

पूर्वराजा शाहले आइतबार नरबेदेश्वर महादेवको दर्शन गर्ने

काठमाडौं । सपरिवार पोखरामा छुट्टी बिताइरहेका पूर्वराजा ज्ञानेन्द्र शाहले मदौरा कुना, शुक्लगण्डकी किनारमा रहेको नरवेदेश्वर महादेवको दर्शन गर्ने भएका छन् । उनले पुस १५ गते आइतबार बिहान ११ बजे नरबेदेश्वर महादेवको दर्शन गर्ने कार्यक्रम तय भएको शिवसेना नेपालले जानकारी दिएको हो ।

 

शिवसेना नेपालले फेसबुकमार्फत् कास्की क्षेत्रका सम्पूर्ण शिवशैनिक शाहको दर्शन कार्यक्रममा उपस्थित हुन आह्वान गरेको छ। त्यस्तै शिवसेनाले सम्पूर्ण राष्ट्र तथा हिन्दू धर्मप्रेमीलाई उपस्थित भई भव्य स्वागत गर्न पनि अनुरोध गरेको छ । उनीले परिवारका सदस्यसहित गत शनिबार विध्यावासिनी मन्दिरको दर्शन गरेका थिए । सपरिवार मन्दिरको दर्शनमा निस्किँदा पोखरा बासीले उनीहरूको भव्य स्वागत गरेका थिए ।

 

पूर्वराजा शाह परिवारसहित निर्मलपोखरीस्थित माउन्टग्लोरी रिसोर्टमा छुट्टी मनाइरहेका छन् । गत पुस २ गतेदेखि उनी पोखरामा छन् । पूर्वराजा ज्ञानेन्द्र, पत्नी कोमल, राजाका निकटस्थ प्रभुशमशेर राणा पुगेको केही दिनपछि बुहारी हिमानी, छोरी प्रेरणा र नातिनातिनहरू पनि पोखरा पुगेका थिए ।

 

यसबीचमा उनले राप्रपा अध्यक्ष कमल थापालगायत केही पूर्वमन्त्री तथा सांसदहरूसँग भेट गरेका छन् । पोखरामा सम्मन्न लिट्रेचर फेस्टिबलका क्रममा उनलाई अभिनेत्री मनिषा कोइरालालगायत केही सञ्चारकर्मीहरूले पनि भेटघाट गरेको बुझिएको छ । त्यस्तै पूर्वराजा शाहसँग फेस्टिबलमा सहभागी भएर फर्किने क्रममा नेकपाका नेता एवं पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठको समेत पोखरा विमानस्थलमा आकस्मिक भेट भएको थियो ।

 

ज्ञानेन्द्र शाह

विशेष