बलात्कारकाे आरोप लागेका बमजन पूर्वजन्ममा ठूला तपस्वी भएको स्वामी आनन्द अरुणको दावी
काठमाडौं । लिटिल बुद्धका नामले चर्चित रामबहादुर बमजनमाथि पछिल्लो समय विभिन्न आरोप लागेका छन् । पछिल्ला समाचारमा जनाइएअनुसार आफ्ना अनुयायीलाई बेपत्ता पारेको आरोप लागेको छ । तीन वर्षदेखि आफ्ना पाँच जना अनुयायीलाई बेपत्ता पारेको भन्दै प्रहरीमा उजुरीसमेत हालेका छन् । त्यस्तै उनको आश्रममा यौन हिंसा भएको र एक अनुयायीको हत्या भएका समाचार आएका छन् । प्रहरीले यस विषयमा छानबिन सुरु गरेको छ । यसका साथै उनले विदेशी अनुयायीलाई बन्दी बनाएको आरोप पनि लागेको छ ।
उनी करिब १३ वर्षअघि रतनपुरमा १० महिना निराहारै ध्यानमा बसेको दाबी गरिन्छ । तर यो विषय विवादास्पद नै छ । यद्यपि यस उनी निराहार बसेको विषयलाई योगी विकाशानन्दले अनुयायी तथा आममानिसलाई झुक्याइएको दाबी गरेका छन् । उनी यसलाई हुनै नसक्ने कुरा मान्छन् । उनी पुनर्जन्म पाएर आएको पनि भन्ने गरिएको छ । उनको यो विषयले पनि केही विवाद निम्त्याएको छ । उनको उक्त कुरालाई कृषि वैज्ञानिक मदन राईले खण्डन गरेका छन् । पुनर्जन्म हुनै नसक्ने उनको तर्क छ ।
तर स्वामी आनन्द अरुणले आफ्नो पुस्तक अन्तर्यात्रामा 'आधुनिक युगमा साधानको चमत्कार - राम बम्जन' भन्ने शीर्षकमा लामो आलेख लेखेका छन् । आफ्नो पुस्तकमा आनन्द अरुणले बमजनलाई 'विगतमा जन्मेका ठूला बौद्धमार्गी तपस्वी हुनुपर्छ जो निर्वाणका केही शेष पूरा गर्न नेपालमा जन्मेका हुन्' भनेका छन् । पढ्नुहोस उनले आफ्नो पुस्तकमा बम्जनबारे लेखेको अंश :
आधुनिक युगमा साधनाको चमत्कार– राम बम्जन
सञ्चार माध्यमहरुमा लगातार हृदयविदारक समाचारहरु आइरहेकोमा चैत्र ६ गते बेलुकाको समाचारले वर्षाको प्रतीक्षामा विदीर्ण धर्ती जस्तै जरजर भइरहेको नेपालीको मन क्षणिक भए पनि रमायो ।
विगत चैत्र १ देखि चलिरहेको सदरमुकाम नाकाबन्दीका कारण असीमित दुःख भोगिरहेका निरीह र लाचार हामीलाई अब त्यो हटेको सुन्दा मरणासन्नको मुखमा केही थोपा पानी पर्दा बाँच्ने आशा पलाए झैं भयो । आशा भन्ने कुरा बडो अदभूत हुँदोरहेछ ।
मनमा आशाको झिनो त्यान्द्रो रहिन्जेल त्यसैको सहारामा जीवनको धुकधुकी चलिरहन्छ । त्यस दिन विश्वभरीका उत्सुक साधकहरुलाई फागुन २७ देखि हराइरहेका बाल तपस्वी राम बम्जन सकुशल देखा परेको कुराले राहत पुर्यायो ।
राम बम्जनका बारेमा नेपालमा मात्र नभई विश्वभर नै उत्कसुकता छाएको छ । सोह्र वर्षको किशोरावस्थामै अन्न, जल केहीग्रहणनगरी १० महिनासम्म जंगलमा एक आसनमा हलचलन गरी साधनारत रहनु आफैमा आश्चर्य लाग्दो कुरा हो । संसारभरीका सञ्चार माध्यमले यस विषयमागहिरो चासो देखाए । भौतिकवादीव्यक्तिदेखि चिकित्सकतथा शरीरशास्त्रीहरुको स्थापितमान्यताको विपरीत घटिरहेको यो सत्यले उनीहरुलाई पनितपस्वीले राति लुकेर खान्छभन्ने शंक ागर्न बाध्यत्युल्यायो ।
शंकैशंकाले ग्रस्त यस युगमा शुद्ध साधनाको यस घटनाप्रति अनेक विपरित विचारहरु जन्मिए । ‘आजतक’ जस्तो बहुचर्चित सञ्चारमाध्यमले पनि यो माओवादीका लागि चन्दा उठाउने एक आयोजना हो भन्ने सुनियो । साथै स्थानीय प्रशासनदेखि सामान्य व्यक्तिसम्ममा सुरुमा यस्तै अनेक भ्रम उब्जिए । निरीक्षणको लागि पठाइएको चिकित्सक टोलीले पनि रगत र अन्यजाँचद्वारा मात्र भोजन गरे नगरेको ठम्याउन सकिने कुरा बताए ।
तपस्वीको परिपरि बजारै खडा भयो । चियाचमेनादेखि साइकल, मोटर रिपेयर पसलै खुलेर बानीअनुसार हामीले फोहोरको डंगुरै लगायौं । साधनाबाट श्रद्धा र प्रेरणा लिनुको सट्टा त्यहाँ कौतुहली र मनोरञ्जन खोज्नेहरुको भीड लाग्यो । राम बम्जनको बारेमा मलाई देशी र विदेशीसञ्चार माध्यमले सोध्दा मैले भनि आएको हो कि कुनै पनि साधकलाई सबैभन्दा अत्यावश्यक तीन कुरा छन्— एकान्त, शान्ति र सफाई । रतनपुरमा ती तिनै कुरा हराइरहेका थिए । त्यसकारण तितपस्वी त्यहाँबाट हट्ने ठूलो सम्भवाना म देख्छु । आखिर त्यही नै भयो ।
मैले तपस्वीलाई प्रत्यक्ष देखेको छैन तर उनकाबारे प्रकाशितहुने सबै समाचारहरुलाई ध्यानपूर्वक मननगरिरहेको छु । कृपया निम्न तथ्यहरुलाई ध्यान दिऔं
-सधैं मांसाहारी रहेकीउनकीआमापनिगर्भमा रहँदामांसाहार गर्ने बित्तिकै बिरामीपर्थिन् ।
-उनी मांसाहारी परिवारमा जन्मे ता पनि सानै उमेरदेखि मांसाहार र मद्यपानको विरोधमा रहे । बच्चादेखि नै पहिल्यै पस्केर दिएखाने नत्रनखाने, दोस्रोचोटिकहिल्यै नथप्ने गर्थे ।
-सुरुदेखि धेरै नबोल्ने, एक्लै हिड्ने, आत्मकेन्द्रित रहने बानीथियो ।
-पिपलको रुख देखेर रमाउँथे र त्यहाँश्रद्धास्वरुपदियो बाल्थे ।
-सानै उमेरदेखि लुम्बिनी र देहरादुनगई धर्मशिक्षालिन रमाउँथे ।
-साधनाको उपयुक्त स्थलखोज्न पहिलापोखरा गएकाथिए ।
यी सब लक्षण हेर्दा बम्जनमा म रमणमहर्षिको बाल्यावस्था देखिरहेको छु । लगभग यही उमेरमा रमण महर्षिले पनि घर छोड्नुभएको थियो र अन्नजलबाट बिल्कुल बिमुख भई साभनामा डुबिरहनुहुन्थ्यो । यी तपस्वीलाई जस्तै रमण महर्षिलाई पनि उच्छृंखल व्यक्तिले घोच्ने, ढुंगाले हान्ने र बाधा पुर्याउने गरेका थिए । यसो हेर्दा राम बम्जन पनि विगत जन्मका ठूलो बौद्धमार्गी तपस्वी हुनुपर्छ जो निर्वाणका केही शेष कार्य गर्न नेपालमा जन्मेका हुन् ।
उनीभित्र निर्वाणको तीव्र प्यास र आकांक्षा छ । उनको दृढता, संकल्प र निर्भयतालाई मेरो प्रणाम छ । कुनै प्रकारको लोभ या महत्वाकांक्षा भए उनलाई रतनपुरमा त मानिसहरुले साक्षात् बुद्धै मान्थे उनी त्या दावा गर्न सक्थे । तर बुद्धत्व नघटेको सत्य स्वीकार गर्नुले उनलाई अझ उदाहरणीय बनाएको छ । सांसारिक सम्मान र वैभवको लेसमात्र पनि इच्छा भए उनी त्यहाँबाट भाग्दैनथे ।
रतनपुरको जंगलमा शान्तिपूर्वक साधना गर्न छोडिदिएको भए त्यो जंगल रमण महर्षिको अरुणाचल पर्वतजस्तै विश्वविख्यात तीर्थ बन्थ्यो । बम्जनप्रति लगाइएका कुनै पनि लाञ्छना मलाई अज्ञानी मनमा उठेका तुवाँलोजस्तै मात्रै लाग्छन् । अन्नजलबिना शरीर रहन सक्दैन् भन्ने विश्वास लिएका भौतिकवादीहरुले उनी राति लुकेर खान्छन् भन्ने जुन लाञ्छना लगाउँछन् यसप्रति मलाई के भन्नु छ साधकले वर्षौं अन्नजलबिना पनि शरीर जीवित राख्न सक्षम भएका अनेक उदाहरण साधना जगत्मा भेटिन्छन् ।
स्वामी विकेकानन्दले आफ्नो यात्राको दौरानमा उत्तरप्रदेशको गाजीपुरमा भेट्नुभएका साधु पावाहारी बाबा वर्षौंदेखि अन्नजलबिना खाली वायुको बलमा बस्थे । उनको साधनादेखि स्वामी विकेकानन्दलाई शरीर छोडिसकेका रामकृष्णले दर्शन दिई यसो गर्नबाट रोकेका थिए ।
त्यस्तै परमहंस गोनानन्दजीले ‘योगी कथामृत’ नामक आत्मवृतान्तमा निराहारी योगिनी गिरिवालाको वर्णनमा उनको बाह्र वर्षको उमेरदेखि योगानन्दजीले भेट्दासम्मका विगतका ५६ वर्ष अन्नजल केही नखाएको उल्लेख गर्नुभएको छ ।
विगत सप्ताहमात्रै एक प्रख्यात टिभिले यस्ता योगीको अन्तर्वार्ता देखाएको थियो जो तिसौं वर्षदेखि अन्न नखाई बाँचिरहेका छन् ।
सूर्य र प्रकृतिबाट सबै वनस्पतिलाई पोषण मिल्छ र वनस्पतिको सोही पोषण हामी ग्रहण गरी जीवनऊर्जा पाउँछौं । यो र साधनाको शिविष्ट अवस्थामा शरीरले सोझै सूर्य र प्रकृतिबाट यो पोषणप्राप्त गर्छ, यसमा वनस्पतिको माध्यमको जरुरत पर्दैन तर यो एक अत्यन्त दूर्लभ घटना हो । सामान्य व्यक्तिले यसको अनुसरण गर्ने कोसिस गर्नु हुँदैन ।
स्वामी आनन्द अरुण रामबहादुर बम्जन