News ओटोमोबाइल चाडै आउदैछ

नयाँ वर्षको शुरुवातसँगै आउने भो महिन्द्रा एक्सयुभी३००

नयाँ वर्षको शुरुवातसँगै आउने भो महिन्द्रा एक्सयुभी३००

काठमाडौं । भारतीय कम्पनी महिन्द्रा एण्ड महिन्द्राको उत्पादन एक्सयुभी३०० सन् २०१९ को शुरुवातमै आउने भएको छ । महिन्द्राले यहि आउदो फेब्रुअरीमा भारतीय बजारमा सो गाडी लन्च गर्ने तयारी गरेको हो । त्यसका लागि सबै तयारी पुरा भइसकेको समेत महिन्द्राले जनाएको छ । 

 

महिन्द्रा एक्सयुभी३०० जीप सेग्मेन्टको एसयुभी गाडी हो । यसअघि कम्पनीले बजारमा मार्जोज् एमयुभी गाडी ल्याईसकेको छ । पछिल्लो समयमा महिन्द्रा बजारमा एसयुभी गाडी पस्कने योजनामा रहेको देखिन्छ । त्यसोत केहि समय अघि मात्र महिन्द्राले आफ्नो एसयुभी प्रस्तुतीमा महिन्द्रा एक्सयुभी५०० लाई बजारमा उतारेको थियो । 
अब महिन्द्राले दिने एएक्सयुभी३०० पहिलेको एक्सयुभी५०० भन्दा पनि अझ उन्नत रहने बुझिएको छ ।


 
एक्सयुभी३०० गाडी लन्च गरेसँगै यो वर्ष महिन्द्राका लागि निकै उर्जाशिल समय रहने अटोजानकारहरु बताउछन् । भारतीय बजारमा अहिले महिन्द्रा एक्सयुभी३०० को खरिद बुकिङ समेत खुल्ला भइसकेको छ । अहिलेनै गाडीको निश्चित मूल्य नतोकिएता पनि भारतीय बजारमा यसको मूल्य करिब ८ देखि ९ लाख सम्म भारु पर्ने आंकलन गरिएको छ । 

 

एक्सयुभी३००को निर्माण डिजाईन तथा आवरणलाई हेर्दा संसारकै द्रुत गतिमा कुद्ने प्राणी चिउवाको अवधारणमा निर्माण गरिएको भान हुने भारतीय सन्चार माध्यमहरुले जनाएका छन् । जुन महिन्द्राको दोस्रो प्रस्तुती हो । यसको नाम हालैमात्र सार्वजनिक गरिएको छ । 
एक्सयुभी३०० ले विश्वव्यापी सफल कोरियन ब्राण्ड स्याङ्योङको टिबोलीसँग साझेदारी गरेको छ । जुन गाडी सन् २०१५ मा लन्च भएको थियो भने हाल सम्म यो ब्राण्डले विश्वभर २ लाख ६ हजार गाडीहरु विक्रि गर्न सफल भईसकेको छ । 

कस्तो हुने छ त महिन्द्रा एक्सयुभी३०० 

एक्सयुभी३०० मा कम्पनीले एसयुभी सेग्मेन्टमा नै अहिले सम्मकै उत्कृष्टता प्रदान गर्ने कोशिष गरेको छ । त्यसैले गाडीमा एसयुभीकै पहिलो ७ एयर व्याग उपलब्ध गराइएको छ । त्यस्तै, रिवर्स क्यामेरा र पार्किङ सेन्सर, एबीएस, ईबीडी, ईएसपी लगाएतका अन्य फिचर्सहरुसमेत गाडीमा समावेश गराइएका छन् । 


सेग्मेन्टकै उच्च स्थानमा एक्सयुभी३००मा एसयुभी प्रोजेक्टर ल्याम्पको साथै दिनमा पनि स्वचालित हुने एलईडी डेलाइट प्रयोग गरिएको छ । त्यस्तै गाडीमा हीरा काट्ने धातुकै झल्को दिने मजबुद एलो पाङ्ग्राहरू राखिएका छन् । 

गाडीको भित्री पाटोमा पनि एक दोहोरो टोनयुक्त ड्यासबोर्ड उपलब्ध गराइएको छ । जहाँ एप्पलकार प्लेको साथमा टचस्क्रिन इन्टेन्टेनमेन्ट सिस्टम उपलब्ध हुने छ । टेक्निकल पाटोमा एन्ड्रोइड अटो, अटो क्लाईमेट कन्ट्रोल रहने छ भने गाडीमा ड्राईभरको सिटलाई तलमाथि गर्न सकिने गरि मिलाइएको छ । त्यस्तै गाडीमा सवार अन्य यात्रुहरुको सिटलाई समेत वातावरण अनुकुल मिलाउन सकिन्छ । गाडीमा एकदम आरामदायी सिटको समेत प्रयोग गरिएको कम्पनीले बताएको छ । 

 

अबको निकट समयमा नै लन्च हुने एक्सयुभी३०० १.५ लिटर डिजेल इन्जिन र एक नयाँ विकसित १.२ टर्बोचार्जेज् पेट्रोल इन्जिनमा उपलब्ध हुने छ । जुन एसयुभीमा अहिले सम्मकै सर्वोत्कृष्ट ६ गयरबक्समा अधिकतम टर्क प्रदान गर्ने गाडी रहने कम्पनीको दाबी छ । गाडीले सदर १७० एनएममा अधिकतम ३०० एनएमको टर्क उत्सर्जन गर्ने बताइएको छ । भने, गाडीलाई प्रतिघण्टा १६० किलोमिटरको गतिमा कुुदाउन सकिनेछ । 
भारतीय बजारमा केहि समयमा नै लन्च हुने भएतामा पनि नेपाली अटोबजारमा भने एक्सयुभी३०० आउन अझैं केहि समय लाग्न सक्छ । त्यतिखेर सम्म नेपाली ग्राहकहरुले कुर्नु पर्ने देखिन्छ ।  

महिन्द्रा एक्सयुभी३०० 

विशेष